0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमाले आवद्ध जनवर्गीय संगठनहरुको राष्ट्रिय भेला एवं प्रक्षिशण कार्यक्रम पोखरामा हुने भएको छ । भेला यहि माघ ९, १० र ११ गते हुने शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। 
भेलाको बारेमा जानकारी दिंदै मूल ब्यवस्थापन समितिका संयोजक रविन्द्र अधिकारीले प्रेस चौतारी, अनेरास्ववियु, अनेमसंघ, किसान महासंघ, जिफन्ट लगायतका विभिन्न २२ वटा एमाले आवद्ध घटक संगठनका करिब ३५० जना पदाधिकारीहरु सहभागी हुने बताए। एमालेले पहिलो पटक  भेला आयोजना गरेको युवा संघ नेपालका अध्यक्ष राजीव पाहारीले जानकारी दिय। भेलाका लागि वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, उपाध्यक्ष बामदेब गौतम, महासचिव इश्वर पोख्रेल, सचिवत्रय पृथ्बीसुब्बा गुरुङ, गोकर्ण बिष्ट, योगेश भट्टराई, केन्द्रीय सदस्य रबिन्द्र अधिकारि लगायतले विभिन्न बिषयमा प्रशिक्षण दिने बताइएको छ।  भेलाको एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।  भेलाले संविधान कार्यान्वयनको निम्ति र समसामयिक राजनीतिको बारेमा महत्वपूर्ण दिशा निर्देश गर्ने संयोजक अधिकारीले बताए ।  रविन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको संचालन राजीव पहारीले गरेका थिए।

Post a Comment

 
Top