0
गोल्डेन न्यूज संवाददाता
नेपालका पूर्व राष्ट्रिय खेलाडी एवं पोखरा निवासी बसन्त गौचनले नेपालका यू–१२ का खेलाडीलाई जापान लैजाने भएका छन् । उनले नेपालको फुटबल विकासका लागि भन्दै गत वर्षबाट जापान लैजान थालेका हुन् । जापानमा हरेक वर्ष संचालन ‘कोपा तोरेरस’ फुटबल प्रतियोगिताका लागि १२ जना खेलाडीहरु मार्चको अन्तिम साता जापान जाने भएका हुन ।  उक्त प्रतियोगिता गौचन कार्यरत जापानी प्रतिष्ठित संस्था फन रुट्स एकेडेमीले आयोजना गर्दै आइरहेको छ । १२ जना खेलाडीलाई लाग्ने हवाइ यातायात बस्ने खाने खर्च सवै बसन्तले नै गर्ने भएका हुन् । उनी दुई वर्षदेखि उक्त संस्थामा प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका छन् । करिव १० वर्षदेखि जापानमा कार्यरत गौचन फुटबल मोहले नै उक्त क्लवसंग आवद्ध भएको बताए । उनले खेलाडी जापान लैजान जापानी नेपाली संस्था र व्यक्तीहरु संग मिलेर च्यारिटी मार्फत संकलन गरेको बताए । उनले भने–“यति धेरै जना जापान लैजानु चुनौती नै छ तर नेपाली लगायत फन रुट्सकै अध्यक्षले समेत नेपाली खेलाडीको स्किल राम्रो देखेर फेरी निम्तो दिएका हुन, नेपाली फटबलर भएको नाताले मलाई खुशी लागेको छ, कम्तिमा नेपाली फुटबल केही गर्न सकिन्छ कि भन्ने आशा जागेको छ ।” प्रतियोगितामा नेपाली खेलाडीलाई सहभागिता गराउन एनआएन जापान, तिलक मल्ल, शरद गौचन, प्रकाश तुलाचन लगायतले सहयोग गरेको बसन्त गौचनले जानकारी दिए । प्रतियोगितामा ३२ भन्दा वढी देशका टिमको सहभागिता रहने उनले बताए । गत वर्ष खेलाडी जापान लैजाँदा २५ लाख खर्च लागेको उनले बताए । प्रतिायेगितामा १२ जना १२ वर्ष मुनिका खेलाडीसमेत छनौट भइसकेका छन् ।  जापान जाने खेलाडीमा पूर्व राष्ट्रिय खेलाडी राजेन्द्र तामाङ्गले संचालन गरेको आटी ट्रेनिङ्ग सेन्टरका ९ जना छन भने रुपन्देही एकेडेमी बाट दुइ र नेशनल स्र्पोट्स सेन्टर काठमाडौं बाट एक जना रहेका छन । छनौटमा परेका हरुमा कृतन थापा (गोल किपर), संगम गुरुङ्ग (गोल किपर), संगम गैरे
(डिफेन्स), कालिदास विक
(डिफेन्स), निखिल कार्की (डिफेन्स), प्रसान्त सुनार (डिफेन्स), बिक्रम गौतम (मिडफिल्ड), निराजन खत्री (मिडफिल्ड), देव गुरुङ्ग
(मिडफिल्ड), निश्चल जिशी
(फर्वाड) र निश्चय उप्रती (फर्वाड) रहेका छन ।
गौचनले पोखरामा आएको बेला विभिन्न ट्रेनिङ्ग सेन्टरमा प्रशिक्षणमा रहेका यू–१२ का करिव १ सय २८ जना खेलाडीलाई फुटबल बुट लगाएत अन्य खेल सामग्री समेत प्रदान गरे ।


Post a Comment

 
Top