0
गोल्डेन न्यूज संवाददाता
कास्की कारागारमा रहेका कैदी तथा थुनुवाहरुले संसदको सामाजिक न्याय तथा मानव अधिकार समिति सगँ १६ बँुदे माग राखेको छ । संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले कास्कीको काराकारमा सोमबार अनुगमनका गर्दा १६ बुँदे माग राखेको हो । कैदी तथा बन्दीहरुले सिधा जम्मा दैनिक ४५ रुपैयाँ र ७ सय ग्राम चामल अपुग भएको, औषधि पर्याप्त, खानेपानी तथा सरसफाईको उचित व्यवस्थापन, शिपविकास, आर्यआर्जनका कार्यक्रकम लगायतका माग राखेका छन् । उनीहरुले शैक्षिक विकासका लागि कक्षा १ देखि १० सम्म विद्यालय सञ्चालन गर्नुपर्ने, दीर्घरोगी र निरोगी बन्दीहरुलाई छुट्टा–छुटै राख्नु पर्ने, असल चाल चालन भएका बन्दीलाई माफी दिंदा विभेद गर्न नहुने लगायतका माग गरेका छन् । संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिका सभापति सुशिलकुमार श्रेष्ठलाई कास्की कारागारका बल्क २ का नाइके लक्ष्मण गुरुङले माग राखेका थिए । समितिका सभापति श्रेष्ठले समितिले काठमाडौंमा अनुगमन र छलफल गरेपछि काठमाडांै बाहिर छलफलका लागि निस्केको बताए । उनले सरकारलाई समितिले दिएका अन्य सुझाव पनि कार्यान्वयन नभएको पाएको बताए । उनले सबै समस्याहरु प्रतिबेदमा समेटर सरकारलाई नयाँ नियम र कानुन बनाउन समेत समितिले काम गर्ने भनाई थियो । समितिमा रहेका सदस्य सहित अनुगमनमा आएका थिए । कास्की काराकारमा तीन वटा व्लकमा ७ सय ४१ जना कैदी तथा थुुनुवा रहेको कास्की कारागारका जेलर हरिप्रसाद गौतमले जानकारी दिए । उनले कारगारमा महिलाका लागि २० र पुरुषका लागि ८० जनाको क्षमताको भएपनि हाल करिब ८ गुणा बढि कैदी तथा थुनुवा भएको जानकारी दिए । उनले कास्की कारागारमा थुनुवा महिला ९, कैदी महिला ४३ गरि ५२ जना, थुनुवा पुरुष १ सय १७ र कैदी पुरुष ५ सय ७१ गरि ६ सय ८८ जना रहको जानकारी दिए । उनले ५ जना थुनुवा र २१ जना कैदी गरि २६ जना विदेशीहरु जेलमा रहेको बताए । बाबु र आमा दुबै जेल परेका करण साढे २ वर्षका नाबालक पनि जेलमा रहेको उनको भनाई छ ।












Post a Comment

 
Top