0
गोल्डेन न्यूज संवाददाता
नेपाल क्युपोकुशिन बुँदोकाई कराँते संघ कास्कीले १६आंै माछापुच्छ«े कपका लागि विभिन्न उप–समितिहरु समिति गठन गरेको छ । नेपाल क्युोकुशिन बँुदोकाई कराँते संघले नयाँ कार्यसमितिले आठौँ साधारणसभा तथा चौथो अधिवेशनले चयन गरेकोमा नपुग कार्यसमिति चयन समेत गरेको हो । समितिको उपाध्यक्षमा बेल बाहादुर थापा, ऋषि बराल, अच्युत पाण्डे चयन गरिएको छ । यस्तै सदस्यमा ऋषि बराल, कार्यक्रम स्थल व्यवस्थापनमा नवराज गिरीलाई चयन गरिएको छ । यस्तै निर्णायक व्यवस्थापनमा निर्मल पहारी संयोजक, नारायण आचार्य, बेलबहादुर पुनः चयन गरीएको सचिव सुवास खड्काले जानकारी दिए । सल्लाहकारमा ज्ञानेन्द्र माकाजु, मनबहादुर गिरी, नवराज गिरी, विजय कोइरालालाई चयन गरिएको छ । माछापुच्छ«े कप सम्पन्न गर्नेको लागि उप–समितिमा केन्द्रीय सदस्य लक्ष्मण कुवँरलाई चयन गरिएको छ ।  यस्तै प्रसार–प्रचार समितिमा संयोजक सुवास खड्का सदस्यमा सुरेशराज अधिकारी लगायत आर्थिक संकलन संयोजक दिपक बहादुर गोदार सदस्य सागर गिरीलाई चयन गरिएको छ । यस्तै अतिथि सत्कारमा संयोजक जानुका पराजुली सदस्यमा टुकदेवी पुन र सुस्मी श्रेष्ठ रहेका छन्। पुरस्कार व्यवस्थापनमा संयोजक कमल लामिछाने अन्य खेलाडी रेहका छन्।  यस्तै खाजा तथा खाना व्यवस्थापनमा दान बाहादुर क्षेत्री संयोजक चयन गरिएको छ । बैठकले नेपाल क्युपोकुशिन बुदोकाई कराँते संघले टुटुगाँमा डोजो खेल्नका लागि केन्द्रमा सिफारिश समेत गरेको छ।



Post a Comment

 
Top