0
गोल्डेन न्यूज संवाददाता
पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा दर्शकहरु बढ्दै गएको छ । महोत्सवको चौथो दिन सोमबार १६ हजार दर्शकले अवलोकन गरेको र करिब ९० लाख रुपैयाँको कारोवार भएको आयोजकले जनाएको छ । महोत्सवमा राखिएको वन्यजन्तु उद्धार केन्द्र निर्माण सहयोगार्थ वन्यजन्तु अवलोकन केन्द्र र लेखानाथको पचभैयामा निर्माणाधिन अवस्थामा रहेको चिडियाखानाको भूआकृति स्याण्ड मोडेलले दर्शकको ध्यान केन्द्रित गरेको महोत्सव प्रचार–प्रसार संयोजक राजु श्रेष्ठले गोल्डेन न्यूज दैनिक जानकारी दिए । महोत्सवको चौथो दिन लोकदोहोरीतर्फ देवी घर्ती मगरले दर्शकहरुलाई मनोरन्जन प्रदान गरेकी थिइन भने स्थानिय कलाकारहरुद्वारा लोकदोहोरी मार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेकी थिइन । महोत्सवको पाचांै दिन लोक दोहोरीतर्फ चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, चोलेन्द्र पौडेल, घनश्याम रिजाल, टेक क्षेत्री, नारायण सुनार, माया गुरुङ, मधु चापागाई, दुर्गा सापकोटा, कृष्ण गुरुङ, जीवन दाहाल लगायतको प्रस्तुति  रहने छ । यस्तै  हास्य–ब्यङ्ग्यतर्फ चम्सुरी र दारी बाको विशेष प्रस्तुति रहने बताइन्छ । त्यसैगरी लाइभ ब्याण्ड तथा पप कन्सर्टतर्फ प्रयत्न एण्ड अल ज्यामर्सको प्रस्तुति रहने कलाकार ब्यवस्थापन संयोजक दिनेश सुनारले जानकारी दिए । यसैगरी पोखरा तारा तीन अन्तर्गत सोमबार टप टेनका प्रतिस्पर्धीहरुले टप एटका लागि ५ जनाले आफ्नो प्रस्तुति राखेका थिए भने मंगलबार ५ जनाले आफ्नो प्रस्तुति राख्ने आयोजकले जनाएको छ ।


Post a Comment

 
Top