0
हरि पन्त÷गोल्डेन
धरान फुटवल क्लवले पोखराका आफ्ना समर्थकहरुलाई निराश पारेको छ । १५औं आहारारा गोल्डकप अन्तर्गत गत बुधबार सशस्त्र प्रहरीको एपीएफसंग जुन खेल खेलेको थियो त्यो खेल आइतबार मनाङ–मस्र्याङ्दीसंग खेल्न नसक्दा समर्थक निराश भएका हुन् । ‘धरानले प्रतियोगिताको पहिलो खेलमा शक्तिशाली विभागीय टीम एपीएफ विरुद्ध उत्कृष्ट खेल प्रदर्शन गरेर पोखरेलीको मन जितेको थियो तर आइतबार मनाङविरुद्धको खेलमा त्यो खेल पस्कन सकेन, खेल नै झ्याउ लाग्दो भयो’–पोखरा रङ्गशालामा सहभागी एक धरान समर्थकले गोल्डेन न्यूज दैनिकसंग भने । ‘खेल हेर्दा झन् गोल थपिने डर, टेन्सनै हुने, नहेरे आनन्दै’ खेलको पहिलो हाफ अघि नै बाहिर निस्किएर खाजा खाइरहेका उनले भने । ती समर्थक जस्तै आइतबार पोखरा रङ्गशाला पुगेका धरान समर्थित अधिकांश दर्शक निराश भए । खेलको ६० मिनेटभित्र धरान विरुद्ध ३ गोल भएपछि आधा दर्शक बाहिरिएका थिए । ती आधा मध्ये पनि आधा मनाङ समर्थित थिए भने आधा धरान समर्थक नै थिए । ‘सान्त्वना गोल भएपनि गर्छकि भनेर हुटिङ गर्नकै लागि अन्तिमसम्म बस्यौं । सान्त्वना गोल त भयो तर सोचे अनुरुप खेल नुहँदा आज निकै खल्लो महसूस भयो’, धरान समर्थित लेखनाथका अभिषेक गुरुङले भने–‘मनाङ सेट टीम भएकाले खेल जित्छ भन्ने त लागेको थिएन तर मनाङलाई कडा टक्कर दिन्छ भन्ने थियो, त्यो भएन ।’ दर्शकलाई निराश बनाएको धरानले पहिलो पटक सेमिफाइनल मा पुग्ने आफ्नै सपनालाई पनि साकार बनाउन सकेन । आहारारा गोल्डकपमा १३ पटक सहभागी धरान दोस्रो पटक क्वाटरफाइनल खेलेको थियो । अघिल्लो पटक २०७० मा नेपाल पुलिससंग पहिलो क्वाटफाइनल खेलेको धरान २–० गोलले गराजित भएको थियो । २०७० मा पुलिससंग पराजित भएपछि धरानले पोखराकोे कुनैपनि फुटवल प्रतियोगिता आफूहरुलाई नफाप्ने भएकाले अब पोखरामा नखेल्ने भन्दै २०७१ र २०७२ मा सहभागी भएन । तर यसवर्ष कम्तिमा सेमिफाइनल पुग्ने आशा लिएर पोखरा आएको थियो । तरधरानको त्यो आशा आइतबार मनाङसंग ४–१ ले पराजित भएसंगै निराशामा परिणत भयो । खेल समापन पछि निकै निराश मुद्रामा पत्रकारलाई प्रतिक्रिया दिंदै धरानका प्रशिक्षक सुवास केसीले विजय धिमाल सहितका खेलाडीहरु घाईते भएको र पहिलो हापमा अप्रत्याशित दुई गोल खान पुग्दा हार्नु परेको बताए । खेलाडीलाई सम्झाउन र निर्देशन दिन खेलमैदान नजिक पुग्नुपर्ने उनी खेल अवधिभर बाहिर देखिएनन् । धरानलाई ४–१ गोलले पराजित गरेर अन्तिम चारमा पुग्न सफल मनाङमस्र्याङ्दी आहरारा गोल्डकपको डिफेण्डिङ च्याम्पियन पनि हो । ४ पटकको उपाधि विजेता मनाङलाई यसवर्ष पनि अन्तिम चारमा पु¥याउन भरपर्दा र आशलाग्दा पोखरेली खेलाडी अनिल गुरुङ र म्यान अफ दी म्याच घोषित सुजल श्रेष्ठको भूमिका महत्वपूर्ण रह्यो । अनिल र सुजल दुवैले २÷२ गोल गरे । मनाङका विरुद्धमा भएको १ मात्र सान्त्वना गोल धरानका दीपक राइले गरे । आहारारा गोल्डकपमा यसअघि ९ पटक फाइनलमा पुगिसकेको  मनाङलाई यसवर्ष पनि फाइनलमा पुग्नका लागि मंगलबार संकटा र वंगलादेश संगको विजयी टीमलाई आगामी बिहीबार जित्नुपर्ने चुनौती छ । 

आइतबारको खेलमा ३३औं सुजल श्रेष्ठले उत्कृष्ट हेड गोल गरी मनाङलाई अग्रता दिलाएका थिए । करिब ३० यार्डबाट कप्तान अनिल गुरुङले दिएकोे क्रस बललाई सुजलले हेड गर्दै गोलमा परिणत गरिदिएका थिए। करिब १० यार्ड सुजलले हेड गरेको बल धरानका गोलरक्षक पूर्ण चेम्जोङले हातबाट फुत्किएर क्रस बारमा लागि जाली चुमेको थियो । खेलको ४१औं मिनेटमा कप्तान अनिल गुरुङले मनाङका लागि अर्को गोल थपे । ओलाओलेको पासमा अनिलले धरानका डिफेन्डर हेम गुरुङलाई छक्याउँदै दायाँ साईडको करिब १० यार्डबाट गोलपोष्टको फष्ट वार च्याप्दै आकर्षक गोल गरेका थिए।  कप्तान अनिलले टीमका लागि तेस्रो तथा आफ्नो व्यक्तिगत दोस्रो गोल खेलको ६०औं मिनेटमा गरेका थिए । भरपर्दा स्ट्राइकर रोहित चन्दले बायाँ साइडबाट निकालिदिएको क्रस वललाई अनिलले हेडगोल गरेका थिए भने म्यान अफ्दी म्याच घोषित सुजल श्रेष्ठले टीमका लागि चौथो गोल तथा व्यक्तिगत दोस्रो गोल ६३औं मिनेटमा गरेका थिए । ४–० गोलले पछिपरेपछि धरान निकै दवावमा प¥यो । मनाङ समर्थित बाहेक रङ्गशालामा बाँकी रहेका धरान समर्थित दर्शक चुक्क समेत बोलेका थिएनन । दर्शकको मैनतालाई चिर्दै दिपक राईले सान्त्वना गोल गरे। उनले गोल गर्दा खेलाडीमा कुनै उत्साह नभएपनि दर्शकले भने केही राहत महसूस गरेका थिए । दीपकले करिब २० यार्डबाट फष्ट वार च्याप्दै आकर्षक गोल गरेका थिए। खेल्नेक्रममा मनाङका खेलाडीसंग पटक–पटक रिसाएका उनी मनाङकै पूर्व खेलाडी समेत हुन् । खेलको ३१औं मिनेटमा निशान लिम्वुले करिब २५ यार्डबाट प्रहार गरेको वल फष्ट वार नजिकैबाट बाहिरिएको थियो भने ४९औं मिनेटमा पनि पेनाल्टी एरिया नजिकैबाट उनैको प्रहारले गोलपोष्टको दिशा लिन सकेन ।  खेलको अन्तिम समयमा दीपक राईले पेनाल्टी एरिया नजिकैबाट पाएको राम्रो अवसरलाई सदुपयोग गर्न सकेनन् ।  खेल समापन पछि मनाङका प्रशिक्षक छिरिङ लोप्साङ (गुरुङ) ले आफूहरु बंगलादेशमा अन्तर्राष्ट्रिय खेल खेल्ने तयारी गरेकोले आफ्ना खेलाडीहरुले धरानसंग बढी आत्मविश्वासका साथ खेलेको बताए । उनलले अझ धेरै गोल हुनुपर्नेमा कम भएको प्रतिक्रिया दिए । सोमबार तेश्रो क्वाटरफाईनल खेलमा त्रिभुवन आर्मी क्लव र रमपम झापा–११ फुटवल क्लव बीच हुने आयोजक सहाराले जनाएको छ । झापाले अमेरिकाको एएनए टिमलाई पराजित गरी क्वाटरफाईनलमा यात्रा बनाउँदा गत बर्षको उपविजेता आर्मीले सिधै वाई पाएर क्वाटरफाईनलको यात्रा पाएको हो ।




Post a Comment

 
Top