0
गोल्डेन न्यूज संवाददाता
विगत तीन बर्षदेखि लगातार एउटा खुट्टाको सहारामा आकर्षक नृत्य गर्दै आएकी निलम ढुंगानाले पोखरामा सहासिक अल्ट्रालाइट उडान गरेकी छिन् । उनले आइतवार पोखरा अल्ट्रालाइट प्रालिको ओपन एयर क्राफ्ट मार्फत १५ मिनेटको उडान गरेकी हुन् । विहान ९ बजेदेखि १५ मिनेटसम्म पोखराको आकाशमा उडेकी उनले अल्ट्रालाइट उडान निकै रोमाञ्चक र अविष्मरणीय भएको बताइन् । पहिलो पटक अल्ट्रालाइड उडानको अनुभव सुनाउँदै उनले भनिन् ‘पोखरा साच्चिकै मनोरम रैछ जुन कुरा अल्ट्रालाइट मार्फत आकाशमा उड्दा प्रष्ट देख्न पाए ।’ पोखरा अल्ट्रलाइट प्रालिको विशेष सहयोगमा उनले उडान भरेकी हुन् । उडान पुरा भएपछि प्रमाणपत्र हस्तान्तरण गर्दै पोखरा अल्ट्रालाइटका प्रबन्ध निर्देशक पोम नारायण श्रेष्ठले अपाङ्गगता भएका ब्यक्तिहरु पनि सहासिक उडानमा सहभागी हुन आएकोमा खुसी ब्यक्त गरे । उनले ढुंगानाको क्षमताको प्रशंसा गर्दै अपाङ्गगता भएका ब्यक्तिको प्रतिभा प्रष्फुटनमा सधै सहयोग गर्ने प्रतिबद्धता जनाए । ढुंगानाले सातौ पोखरा महोत्सब अन्तर्गत शनिवार आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन् । बनमा फुल्यो फूलै फूल र ठमेल बजारमा बोलको गीतमा उनले प्रस्तुत गरेको नृत्य अबलोकन गर्न हजारौ दर्शक मेला स्थल पुगेका थिए । ९ बर्षअघि सडक दुर्घटनामा एउटा खुट्टा गुमाएकी ढुंगानाले सानै देखिको आफ्नो प्रतिभालाई रोकेर राखिनन् । उनले एटटै खुट्टको सहाराले नृत्य अभ्यास गर्दै अहिले ब्यवसायिक नृत्य प्रस्तुत गर्ने गरेकी छिन् । उनले देशका विभिन्न स्थान सहित विदेशका कतिपय स्टेजमा आफ्नो प्रतिभा देखाइसकेकी छिन् । देशका विभिन्न उत्सव र महोत्सवमा एउटा खुट्टाले नाच्ने नर्तकीका रूपमा उनलाई निम्त्याइन्छ । जहाँ गएपनि उनले सबैको ‘वाहवाही’ बटुलिरहेकी छन् ।

Post a Comment

 
Top