गोल्डेन न्यूज संवाददाता
नेपाल टेलिकमले ‘फोरजी’ चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा संचालनमा ल्याएको छ । टेलिकमले केही समयको प्राविधिक परीक्षण पश्चात अंग्रेजी नयाँ बर्षको पहिलो दिन पारेर आइतवारदेखि पोखरा र काठमाडौंवाट ‘फोरजी’ सेवाको सुरुवात गरेको हो । फोरजी सेवाको संचालन बारे जानकारी दिन पोखरामा आइतवार आयोजित कार्यक्रममा नेपाल टेलिकम पोखराका कार्यालय प्रमुख नरेशकाजी शाक्यले सेवा सुभारम्भ भएको जानकारी दिए । सुरुवाती क्रममा पोखरा र काठमाडौंका मुख्य ब्यापारिक क्षेत्रका ग्राहकले मात्र टेलिकमको ‘फोरजी’ सेवा प्रयोग गर्न पाउनेछन्। हाललाइ टेलिकमको पोष्टपेड मोवाइल प्रयोगकर्ताले मात्र टेलिकमको यो सुविधा प्राप्त हुने र केहि समयपछि प्रिपेड ग्राहकले समेत यो सुबिधा प्राप्त गर्ने उनले बताए ।
‘फोरजी’ सेवा मोबाइलमा चल्नका लागि सिम र सेट फोरजीका लागि उपयुक्त हुनुपर्ने समेत शाक्यले बताए । फोरजी सेवा सुचारु गर्न ८४४४३ डायल गरी १ टाइप गरी कन्फर्म गर्नुपर्नेछ । तर एप्पलको फोरजी स्मार्टफोन बोक्ने ग्राहकले भने अहिलेनै सो सेवा चलाउन पाउने छैनन् । अन्य स्मार्टफोन प्रदायकको तुलनामा एप्पलको सिस्टम छुट्टै हुने गर्दछ । परीक्षणका क्रममा आइफोनका फोरजी प्रबिधि युक्त सेटमा सो सेवा नचलेपछि टेलिकमले एप्पलसंग टेलिकमको नेटवर्कका लागि लोकेसन कोड ‘४२९०१’ इनेबल’ गराउन पहल गरिसकेको शाक्यले बताए । फास्ट डाटा सर्भिस दिने यो सेवामा ग्राहकले सुरुवातमा ३२ एमबिपीयस को गतिमा इन्टरनेट चलाउन पाउने प्राबिधिक टोलीका वरिष्ठ इन्जिनियर सुशन श्रेष्ठले बताए । उनले कार्यक्रममा फोरजी मार्फत २ सय एमबीको ९ मिनेट लामो युटुब भिडियोलाइ ३२ एमबिपीयसको गतिमा १ मिनेटको समयमा डाउनलोड गरेर देखाएका थिए । डेमो प्रस्तुत गर्दै उनले भने ‘युटुब मात्र हैन इन्टरनेट ब्राउजरमा समेत फोरजी सेवा फास्ट छ।’ ठुला ठुला फाइल अपलोड वा डाउनलोड गर्न, भिडियो डाउनलोडिङ र स्ट्रिमिङ, भिडियो च्याटिङ, फेसबुक म्यासेन्जर, भाइबर, स्काइप, इमो जस्ता सामाजिक संजालमा बिना रोकावट भिडियो कल तथा कुराकानी गर्न सकिने उनले बताए । हाललाइ टेलिकमले थ्रीजीकै मूल्यमा फोरजी सेवा लिन सकिने बताएपनि तुलनात्मक रुपमा यसको शुल्क बढी पर्न जान्छ । अन्तर्राष्ट्रिय स्तरको प्रचलित १८०० मेगाहर्ज फ्रिक्वेन्सीमा नेपालमा सञ्चालित दूरसञ्चार सेवाप्रदायकलाई फोरजी सञ्चालन गर्न दिने निर्णय अनुसार नेपालका नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले सेवा अनुमतिका लागि निवेदन दिएकोमा नेपाल टेलिकमले फोरजी सेवा संचालन गर्ने स्वीकृति पाएको हो । कार्यक्रममा प्रमुख अतिथि टेलिकमका पश्चिमान्चल क्षेत्रीय निर्देशक सिद्धप्रताप भारतीले टेलिकमले भौतिक विकटताका बाबजुत नेपालभर उच्च सेवा प्रदानका लागि लागिपरेको भन्दै आगामी दिनमा अझ सशक्त रुपमा अगाडि बढ्ने प्रतिबद्धता जनाए । नेपाल टेलिकम पोखराका कार्यालय प्रमुख नरेशकाजी शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन टेलिकम पोखराका व्यापार अधिकृत राजेश रेग्मीले गरेका थिए ।

Post a Comment