0
गोल्डेन न्यूज संवाददाता
पत्रकार महासंघ कास्कीको नेतृत्व लिनका लागि रमेश पौडेल र दिपेन्द्र श्रेष्ठ भिड्ने भएका छन् । आगामी फागुन ३ गते हुने अधिवेशनका लागि कांग्रेस निकट प्रेस युनियनले पौडेल र एमाले निकट प्रेस चौतारीले श्रेष्ठलाई उमेदवार बनाउनले निर्णय गरेको हो । युनियनको बैंठकले पौडेललाई अध्यक्षमा उठाउने निर्णय गरेको हो भने चौतारीको बुधवार बसेको बैंठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । अहिलेसम्मको अवस्था अनुसार नेतृत्वका लागि यी दुई बीचनै प्रतिस्पर्धा हुने आधार देखिएको छ । यी दुवै संगठनले अन्य साना संगठनसंग तालमेल नगरेसम्म सहजरुपमा चुनाव जित्न सहज छैन । माओवादी केन्द्र निकट प्रेस सेन्टर, नयाँ शक्ति निकट प्रेस सोसाइटी, क्रान्तिकारी पत्रकार महासंघ, जनजाति पत्रकार संघ, स्वतन्त्र पत्रकार महासंघ लगायतका अन्य संगठनकोतर्फबाट अहिलेसम्म नेतृत्वका लागि आकांक्षी नदेखिएकाले अन्तिम प्रतिस्पर्धा पौडेल र श्रेष्ठकै बीचमा हुने आँकलन गरिएको छ । अन्य पदमा भने अहिलेसम्म उम्मेदवारी घोषणा नभएपनि माओवादी केन्द्र निकट प्रेस सेन्टरबाट सचिव पदमा उम्मेदवारी सम्भावना छ । अध्यक्ष पदमा उम्मेदवारी तय गरेपनि दुवै संगठनले अन्य पदका उम्मेदवारको नाम तय गरेका छैनन् । स्रोत अनुसार प्रेस चौतारीकातर्फबाट महासंघको अन्य पदमा जाने आकांक्षीहरु धेरै रहेकाले समस्या भएको बताइन्छ ।
यसअघि एमाले निकट र माओवादी निकट पत्रकारका बीचमा भएको गठबन्धन अनुसार प्रेस चौतारीकोतर्फबाट रामकृष्ण ज्ञवाली अध्यक्ष भएका थिए । अध्यक्षका उम्मेदवार पौडेल हाल रेडियो वाराहीका कार्यकारी निर्देशक हुन् भने नेपाल टेलिभिजन र गोरखापत्र दैनिकमा आबद्ध छन् । अर्का उम्मेदवार श्रेष्ठ रेडियो अन्नपूर्णका कार्यकारी अधिकृत हुन् । युनियन र चौतारीले नेतृत्वका लागि उम्मेदवार चयन गरेपनि अन्य संगठनका बीचमा कसरी गठबन्धन हुन्छ त्यसकै आधारमा नतिजा तलमाथि हुने देखिन्छ । स्रोतका अनुसार यसअघिको एमाले र माओवादी निकट गठबन्ध यथावत राख्ने भन्ने पत्रकार महासंघको केन्द्रीय स्तरमै छलफल भइरहेको बताइन्छ ।  महासंघमा आगामी केन्द्रिय अध्यक्ष माओवादी निकट पत्रकारले लिनेगरी यसअघि भएको समझदारीकै आधारमा चल्ने वा वर्तमान सत्ता गठबन्धको आधारमा चल्ने अहिल्यै एकिन भएको छैन ।
यी दुई संगठनमध्ये कुन संगठनले अन्य संघगठनको साथ र समर्थन लिन सक्छन् त्यसकै आधारमा पौडेल वा श्रेष्ठको जित निर्भर हुनेछ । यद्यपि नेतृत्वका लागि उम्मेदवार चयन भएसँगै कास्कीका पत्रकारलाई पनि चुनावी रन्को सुरु भएको भने यसअघिका नेतृत्वले गरेका काम र भूमिकाप्रति पत्रकारहरुले आलोचना समेत गरेका छन् ।




Post a Comment

 
Top