0
गोल्डेन न्यूज संवाददाता
अपाङ्गता भएका महिलाहरुले यौनिकता र प्रजनन स्वास्थ्यमा थुप्रै समस्या र कठिनाइ भएको बताएका छन््। उनीहरुले अपाङ्गमैत्री वातावरणको अभावमा प्रजनन स्वास्थ्यबारे प्रदान गरिने सेवा लिन बाट बञ्चित भएको गुनासो गरेका थिए । अपाङ्ग महिला सशक्तिकरण र स्वाभलम्वन जीवन पद्धतिको आयोजना र मिउसा, जिल्ला विकास समिति, नारी सेवा केन्द्र, अपाङ्ग महासंघ कास्कीको सहयोगमा संचालित अपाङ्गता भएका महिला तथा बालिकाको प्रजनन् स्वास्थ्य तथा यौनिक अधिकार विषयक अन्तत्र्रिmया उनीहरुले भने–‘ पित्तृसत्तात्मक सामाजिक संरचनाले अपाङ्गता भएका महिलाको प्रजनन अधिकारलाई स्वीकार्न अझै सकेको छैन । कार्यक्रममा मेरिस्टोप्स केन्द्रका युवा कार्यक्रम संयोजक सृष्टि मैनालीले प्रजनन स्वास्थ्य, परिवार नियोजन, यौनिकता, लैगिंक हिंसा र एचआइभी एड्सका सम्बन्धका साथै सूचना हासिल गर्ने विषयमा सहजीकरण गरेकी थिइन् । 
अपाङ्ग महिला सशक्तिकरण केन्द्रकी अध्यक्ष अञ्जना केसीले नेपाली समाजमा अपाङ्गता भएका महिलाको प्रजनन अधिकारको अवस्था अझै नाजुक रहेको भन्दै अपाङ्ग मैत्री वातावरणको अभाव र सकारात्मको सोचको विकास हुन नसक्दा समस्याहरु लुकाएर बस्न बाध्य भएको स्पष्ट पारिन् ।  उनले  दृष्टिविहिन, बहिरा र शारीरिक अपाङ्गता, वौद्धिक अपाङ्गता भएका महिलाहरुको प्रजनन स्वास्थ्य र अधिकारको बारेमा सम्बन्धित सरोकारवाला निकायले बेलैमा ध्यान दिनुपर्नेमा जोड दिइन । स्वाभलम्बन जीवन पद्धति सेन्टर इरुका जापानका अध्यक्ष नागाइ रेइकोले ५० वर्ष अघि जापानमा पनि अपाङ्गता भएकालाई हेर्ने दृष्टिकोण निकै संकुचित रहेको स्मरण गर्दै अहिले अपाङ्गमैत्री संरचना र व्यवहारमा जापान सरकार र त्यहाँ नागरिक निकै उदार रहेको बताइन् । उनले भनिन्–‘तत्कालिन समयमा अपाङ्गता भएकाहरुको रजस्वला भएपछि पाठेघर निकालेर फाल्न दवाव दिने  गरिएको थियो तर अहिले सो कुरामा  परिवर्तन आएको छ ।’ उनले भनिन् ‘अपाङ्गता भएर पनि स्वस्थ्य सन्तान जन्माउन सकिन्छ ।’ आफू अपाङ्ग भएपनि स्वस्थ दुई सन्तान जन्माउन सफल भएको भन्दै उनले जापानमा अहिले अपाङ्गता भएका महिलाले  स्वस्थ सन्तान जन्माएर सफल जीवन व्यतित गरिरहेको बताईन् । नारी सेवा केन्द्रकी अध्यक्ष उषा बरुवालले अपाङ्गता भएकाको समस्याको बारेमा सरोकारवाला निकायले चासो राख्दै यसरीनै कार्यक्रम गर्नसके लक्षित वर्गले लाभ लिन सक्ने स्पष्ट पारिन् । राष्ट्रिय मानव अधिकार आयोगका प्रशासकीय अधिकृत सम्झना शर्माले नेपालमा प्रजनन अधिकारका विषय कानूनी पानामा बढि र व्यवहारिक पक्षमा कम भएको भन्दै समस्याका बारेमा खुलेर बोल्न नसक्ने र बोलि हाले पनि समाजले राम्रो नमान्ने प्रवृत्तिले समस्या बढिरहेको बताइन ।  कार्यक्रममा स्वावलम्बन जीवन पद्धति समाजका अध्यक्ष हितमान छन्त्यालले हरेक नागरिकले आफ्नो अधिकार उपभोग गर्न पाउने अधिकार भएपनि अपागंता भएका नागरिकप्रति राज्यले प्रभावकारी रुपमा सकारात्मक विभेद अवलम्बन गर्न नसक्दा समस्या भएको बताए ।  स्वाभलम्बन जीवन पद्धतिका महासचिव हेमबहादुर गुरुगं संचालन गरेको कार्यक्रममा प्रमिला थकाली, सन्ध्या पौडेलले पनि बोलेका थिए ।


Post a Comment

 
Top