0
गोल्डेन न्यूज संवाददाता
पोखरामा जारी वडास्तरीय फुटवल प्रतियोगिताको मंगलबार फाईनल खेलमा उपाधिका लागि पोखरा–१३ र पोखरा–२७ को प्रतिष्पर्धा हुने भएको छ । मंगलबार पोखरा रंगशालामा विहान ८ बजे पछि फाईनल खेल हुने भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए । सोमबार भएको पहिलो सेमिफाईनल खेलमा पोखरा वडा नम्बर १६ लाई पोखरा वडा नम्बर १३ ले २–० को गोल अन्तरले पराजित गर्दै फाईनलमा यात्रा बनाएको हो । पोखरा १३ को जितमा नवराज गुरुङ र सुनिल गोतामेले एक÷एक गोल गरे । त्यसैगरी दोश्रो सेमिफाईनल खेलमा पोखरा वडा नम्बर १४ लाई पोखरा वडा नम्बर २७ ले ९–० को विशाल गोल अन्तरले पराजित गर्दै उपाधिका लागि फाईनलमा यात्रा तय गरेको हो । पोखरा २७ हेमजाको जितमा सुशिल श्रेष्ठ र समिर कार्कीले ह्याट्रिक गरे भने सविन थापा, अशोक नेपाली र रोसन कार्कीले एक÷एक गोल गरेका हुन । पुरस्कार वितरण भने विहान ११ बजे नगर प्रशिक्षण केन्द्र नदीपुरमा हुने भएको छ । पोखरा उप–महानगरपालिका कार्यालयको २१औं बार्षिकोत्सव तथा अन्य सम्मान कार्यक्रमहरु समेत रहेकोले नगर प्रशिक्षण केन्द्रमा औपचारिक समापन सहित पुरस्कार वितरणको कार्यक्रम हुने भएको नगरपालिकाका बरिष्ठ कानूनी अधिकृत तथा प्रतियोगिता संयोजक नारायण शर्माले बताए । प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बराल रहने भएका छन् ।  पोखरा उप–महानगरपालिकाको आयोजना, जिल्ला खेलकुद विकास समिति कास्कीको संयोजन, एन्फा कास्कीको व्यबस्थापनमा करिब दुई दशकपछि पोखरामा उक्त प्रतियोगिता पहिलो पटक भएको हो ।


Post a Comment

 
Top