0
गोल्डेन न्यूज संवाददाता
सामुदायिक सेवा कन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरले घार्मीमा महिला हिंसा सम्बन्धी कानुनी सचेतना प्रशिक्षण कार्यक्रम गरेको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरीक्षक किशोर लम्सालले जनचेतना कमीका कारणले महिला हिंसा वढि हुने गरेको बताए।  हिंसा सहनु सवैभन्दा ठूलो अपराध हो उनले भने–हिंसा भएमा तत्काल उजुरी गर्नुहोस् प्रहरी सधै न्याय दिन तयार छ। सान घटना सहदा सहँदै ठूलो घटना हुने गरेको बताउँदै उनले साना घटलनाई तुरुन्तै सल्टाउन तिर लाग्न आग्रह गरे। महिलाकै आवज सुन्नका लागि प्रहरी कार्यालयमा महिला सेल खडा गरेको बताउदै उनले आफूलाई समस्या परेको वेला निर्धक्क भएर समस्याहरु महिला सेलमा राख्न आग्रह गरे। कार्यक्रममा सहजिकरण गर्दै प्रहरी नायव निरीक्षक गीता रानाभाट महिला हिंसा न्यूनिकरण गर्नका लागि आफूबाटै शुरुवात गर्नुपर्ने बताईन। हिंसा धेरै प्रकार छन्।गाँउ समाजमा केहि न केहि बहानमा हिंसा हुने गरेका छन् उनले भनिन्–हिंसालाई न्यूनिकरण गर्नका लागि शुरुवात आफैबाट गर्नुपर्दछ। पोखरा–१९ का सचिव सूर्यबहादुर नेपाली गाँउमा आएर प्रशिक्षण कार्यक्रम गरेर यहाँका नागरिकलाई सचेतना जगाउने काम गरेकोमा प्रशंशा व्यक्त गरे। कार्यक्रममा समाजसेवी वावुराम पौडेलले हिंसालाई मनबाट हटाउनु सकेमा प्रशिक्षणको खाँचो नपर्ने बताए। गायत्री आमसमूहकी अध्यक्ष विष्णुमाया पौडेलले प्रशिक्षणबाट धेरै कुरा सिक्ने अवसर मिलेको बताईन्। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१, वगरकी अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक दुर्गा थापाले स्वागत र सचिव रामभूषण पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए।

Post a Comment

 
Top