0
गोल्डेन न्यूज संवाददाता
कास्की दक्षिणभेगस्थित चण्डी माध्यमिक विद्यालयले आफ्नो ५४ औं वार्षिकोत्सव एवम् ५५औं वार्षिकोत्सव एक समारोहकाबीच  सम्पन्न गरेको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै सांसद वृन्दा देवी आलेले विद्यालयको शैक्षिक गुणस्तरीयता अभिबृद्धिका लागि विद्यार्थी, अभिभावक तथा विद्यालय सबैको साझा प्रयास आवश्यक हुने बताइन । उनले विद्यालयका साथै यस आसपासको विकासलाई आँफूले प्राथमिकतामा राखेको बताउँदै आगामी दिनमा पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतले विद्यालयको समग्र विकासका साथै यहाँको शैक्षिक गुणस्तरलाई विद्यालयले प्राथमिकतामा रााखेको बताए । भौतिक एवम् आर्थिक कठिनताका बाबजुत पनि विद्यालय संघर्षका साथ अघि बढेको उल्लेख गर्दै यसको समग्र उन्नयनका लागि सबैको सहकार्य आवश्यक भएको उनले स्पष्ट पारे । विद्यालयका प्रधानाध्यापक खिमबहादुर महतले विभिन्न आरोह अवरोह पार गर्दै विद्यालय बर्तमान अवस्थामा आइपुगेको बताउँदै भौतिक पूर्वाधारको अभाव भए पनि विद्यालयले आफ्नो गुणस्तरीयता कायम गरेको उल्लेख गरे। बर पाण्डेथुम श्रोत केन्द्रका प्रमुख गोविन्दमणि आचार्यले विद्यालयमा शैक्षिक गुणस्तर बढाउन सरोकारवालाबीच छलफल आवश्यक भएको बताए। विद्यालयका शिक्षक सन्तोष लामिछानेले सञ्चालन गरेको कार्यक्रममा रासस पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका उपप्रमुख वासुदेव पौडेल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सन्तबहादुर थापा, सरस्वती टिका बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष पिताम्बर पौडेल, शान्ति उदय उच्च मा.वि. व्यवस्थापन समितिका अध्यक्ष केशवराज लम्साल, प्रधानाध्यापक टेकनारायण गिरी, लेखनाथ नगरपालिका वडा नं १८ का सचिव वसन्तराज लम्साल, नेपाली काँग्रेस नगर समिति सदस्य विश्वमोहन पौडेल, नेपाली काँग्रेस वडा नं १८ का सभापति दिनेश आचार्य, नेकपा एमाले लेखनाथ १८ का अध्यक्ष गुरुप्रसाद क्रान्तिकारी, शिक्षक कमलप्रसाद पौडेल, बाल क्लबका अध्यक्ष मनिषा आले, हरिराम पौडेल, सुष्मिता वि.क लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।  वार्षिकोत्सवका अवसरमा विद्यार्थी एवम् शिक्षक सम्मान गरिएको थियो भने विद्यालयका पूर्व विद्यार्थी खेमराज पौडेलले आमा भागीरथी पौडेल (पार्वती) संस्थापक रहने गरी प्रत्येक वर्षको एसएलसीमा उत्कृष्ट बन्ने विद्यार्थीलाई पुरस्कृत गर्न ७१ हजार रुपैयाँको अक्षयकोष सार्वजनिक गरेका थिए ।




Post a Comment

 
Top