0
गोल्डेन न्यूज संवाददाता
नेपाल सरकारका सिँचाई मन्त्री दीपक गिरीले जुनसुकै विकास निर्माणको कार्यका लागि राजनीतिक एकताको खाँचो रहेको बताएका छन्। कास्कीको लेखनाथस्थित  रुपाताल संरक्षण एकीकृत परियोजना कार्यालयको उद््घाटन गर्दै उनले तालतलैयाहरु राष्ट्रकै प्राकृतिक सम्पदा भएकाले यिनीहरुको संरक्षण गर्नु राज्यको दायित्व भएको बताए। उनले  प्राकृतिक सम्पदाको संरक्षणका लागि पनि राजनीतिक एकता आवश्यक रहेको स्पष्ट पारे ।   सरकारले अगाडि सारेको परियोजनालाई सफल पार्न यहाँका स्थानीयवासीहरुको सहयोग र सद्भावको आवश्यकता भएको  स्पष्ट पार्दै मन्त्री गिरीले बाँध निर्माणका लागि सरकारी तहबाट जनता पनि नठगिने गरी र सरकारलाई पनि मर्का नपर्ने गरी उचित मुआब्जा दिलाउन सरकार तयार रहेको बताए । उनले भने–‘ताल संरक्षणले यस क्षेत्रमा पर्यटकीय गतिविधि संगसँगै आयआर्जनका लागि सिँचाईको व्यवस्था समेत गरिने छ ।’ कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीले पर्यटनको सम्भावना बोकेको रुपातालको एकीकृत विकासका लागि सकारात्मक सोचले अघि बढ्नुपर्नेमा जोड दिंदै गलत मनसायले परियोजनालाई नै असर पुग्नेगरी अन्य कार्यहरु नगरी अगाडि बढ्न आग्रह गरेका थिए । परियोजनाबाट कसैलाई फाइदा र कसैलाई नोक्सानी नहुनेगरी राष्ट्रिय सम्पदाको सरक्षण गर्ने हेतुले सुद्ध भावनाले सहयोग गर्न सबैमा अनुरोध गरेका थिए । कार्यक्रममा संसदीय विकास समितिका अध्यक्ष रवीन्द्र अधिकारीले सवै जनताहरु जागरुप भएर परियोजनालाई सफल पार्नु पर्ने दायित्व जनतामा रहेको हँुदा राजनीतिक स्वार्थ भन्दा माथि उठेर तोकिएको समयमा परियोजनालाई सफल पार्नु पर्ने उनले बताए ।  उनले अबको राजनीतिक समृद्धि र विकासका लागि हुनपर्नेमा समेत जोड दिए। कार्यक्रममा पूर्व सभामुख तारानाथ रानाभाटले जनताको सद्भावना बिना कुनैपनि कार्यक्रम अघि बढ्न नसक्ने ठोकुवा गर्दै राजनीतिबाट मुक्त समाजको निर्माण गर्नुपर्नेमा जोड दिए।
सांसद यज्ञबहादुर थापाले स्थानीयवासीको राय सल्लाह अनुसार परियोजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।
पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले स्थानीयवासीलाई उचित  मुआव्जाको व्यवस्था गरेरमात्र परियोजनालाई अगाडि बढाउन सुझाव दिए। कार्यक्रममा सांसद जीवन परियारले विकासका लागि सहकार्य अपरिहार्य रहेको स्पष्ट पारे ।परियोजनाका प्रमुख श्रीराम जोसीको अध्यक्षतामा भएको  कार्यक्रमका ईन्जिनियर छविलाल सुवेदीले परियोजनाको विस्तृत विवरण प्रस्तुत गरेका थिए ।  कार्यक्रममा लेखनाथ नगरपालिकाका कानूनी सल्लाहकार राममणि अधिकारी, नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण के.सी., एकीकृत नेकपा माओवादी केन्द्रका शिवजी लामिछाने, पोखरा उपत्यका नगरविकास समितिका उपाध्यक्ष प्रकाशमोहन खनाल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, जल उत्पन्न प्रकोप व्यवस्थापन विभागका महानिर्देशक मधुकरराज भण्डारी सिचाँई विभागका महानिर्देशक राजेन्द्र प्रसाद अधिकारी, सिँचाई मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर, रुपाताल पुनःस्थापना मत्स्य सहकारी संस्थाका अध्यक्ष कुल प्रसाद अधिकारी र मत्स्य अनुसन्धान केन्द्रका टेकमान गुरुङ् लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।  १ सय ३५ हेक्टरमा फैलिएको  रुपातालमा करिब १ अर्वको लागतमा  ६ सय ६५ मिटर लम्वाई र ६ मिटर उचाईको बाँध निर्माण गरेपछि पानीको सतह ३ मिटर बढ्ने भएको छ । सो बाँध निर्माण पछि त्यस क्षेत्रका कृषि योग्य भूमिमा सिचाईको समेत व्यवस्था मिलाउने भएको छ । वाँध निर्माणका लागि करिब ८ सय ५५ रोपनी जग्गा व्यक्तिको पर्ने र सोही अनुरुप राज्यले मुआव्जाको व्यवस्था समेत गरेको छ ।

‘सरकार मातहतका संस्थानहरु व्यवस्थित हुनुपर्छ’
खानेपानी तथा सरसफाई राज्य मन्त्री दीपक खड््काले सार्वजनिक संस्थानहरुमा गरिएको लगानीलाई व्यवस्थित बनाउन आग्रह गरेका छन् । नेपाल खानेपानी संस्थान पोखरा शाखामा आयोजित  कार्यक्रममा उनले निजी क्षेत्रको लगानीले राम्रो प्रतिफल लिइरहेको अवस्थामा सरकार मातहतका सार्वजनिक संस्थानहरु व्यवस्थित हुनु र बनाउनु हाम्रै कर्तव्य भएको बताए।  कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भिमप्रसाद उपाध्यायले खानेपानी संस्थानमा कर्मचारीको समस्या रहेको भन्दै छिट्टै समस्या हल हुने बताए। कर्मचारीको अहितमा मन्त्रालय कहिल्यै नजाने भन्दै उनले  संस्थानको सेवालाई प्रभावकारी बनाउन सञ्चालक समिति र व्यवस्थापन पक्षलाई स्पस्ट हुन आग्रह गरे । कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष डा.परमेश्वर पोखरेलले नीतिगत एजेण्डामा संस्थान अगाडि बढेको भन्दै आफू कर्मचारीको समस्या हल गर्नमा उद्दत रहेको बताए । कार्यक्रममा खानेपानी संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकालले सवैको सहकार्य र उर्जाशिल बातावरण निर्माणगरी संस्थानलाई अगाडि बढाउन मन्त्रालयले सहयोग गर्नेमा आफू विश्वस्त भएको बताए । कार्यक्रममा पोखरा शाखाका कार्यालय प्रमुख निरण महर्जनले पोखरा शाखामा बजेटको आभावमा जनतालाई सेवा दिन नसकिएको उल्लेख गरे । महर्जनले पानीको स्रोत भएपनि आन्तरिक पाईपलाइन र कर्मचारीको अभावमा सेवा दिन नसकेको बताए ।  कार्यक्रममा सांसद शारदा पौडेल, नेपाली काँग्रेस कास्कीका पार्टी सभापति कृष्ण केसी, केन्द्रीय कर्मचारी प्रशासन प्रमुख त्रिदीपकुमार श्रेष्ठ, बुटवल शाखाका कार्यालय प्रमुख मोहनदत्त भट्ट, हेम्जा शाखाका कार्यालय प्रमुख राकेश गाइत, कृष्णनगरका प्रमुख सन्तोष शाह, भैरहवा शाखाका गोपाल सुवेदी, कर्मचारी संघका केन्द्रीय अध्यक्ष भरत अधिकारी, पोखरा शाखाका कर्मचारी विष्णु रेग्मी, वसन्त भण्डारी, झलक अधिकारी लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।


Post a Comment

 
Top