0
गोल्डेन न्यूज संवाददाता
लेखनाथका जग्गा व्यवसायी हरुले जग्गा किनबेच रोक्का भए पछि व्यवसायी मर्कामा परेको भन्दै लेखनाथ नगरपालिका कार्यालयलाइ ध्यानाकर्षण गराएका छन् । पहिले देखि किनेको जग्गा बेच्न नपाउँदा धेरै व्यवसायिहरु जोखिमपूर्ण तरिकाले आर्थिक भारमा परेको भन्दै यो समस्याको उचित व्यवस्थापन गरिदिन नगरपालिका कार्यालयसँग उनीहरुले माग गरेका छन् । यसैबीच, स्थानीय, लेखनाथ नगरपालिका वडा नं ६ का खडानन्द लामिछानेको नेतृत्व र लेखापडि ब्यवसायी समितिका केहि सदस्यहरु लेखनाथ नगरपालिका पुगी जग्गा व्यवासायीले भोग्नु परेका समस्याको बारेमा जानकारी गराएका थिए। ‘यस्तो व्यवस्थाले प्लटिङ्ग बाहेका जग्गा किनबेच समेत जोखिममा परेको छ यसले सर्वसाधरणको मनोबिज्ञानमा समेत असर गर्न सक्छ, त्यसैले यो समस्याको उचित व्यवस्थापन गरिदिनु पर्यो’ नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाउँदै व्यवसायि लामिछानेले भने । उनीहरुले यो समस्या समाधान गरी व्यवसायीलाई न्याय गर्न आग्रह स्वरुप अदालत समेत जाने तयारी गरिरहेको जनाएका छन् । यता लेखनाथ नगरपालिकाका कानुनी सल्लहाकार राममणि अधिकारीले भुकम्प पछि लेखनाथ नगर परिषदले वि स २०७२ भदौ २७ गते ल्याएको जग्गा विकास प्रक्रिया भित्र नपरेक नयाँ प्लटिङहरुको जग्गा रोक्का गरिएकाले केही जनताहरुलाई मर्का परेको स्वाकार गर्दै अब अर्को नगर परिषदबाट के गर्न सकिन्छ त्यसका बारेमा नगरपालिका सचेत रहेको बताएका छन् । तर नगरपालिकाले केही समय अगाडि तिनै जग्गामा सिफारीस दिएको र विना सूचना एक महिना अगाडिदेखि जग्गा फुकुवाको सिफारिश नदिदा आफूहरु मर्कामा परेको भन्दै लामिछाने न्यायका लागि पुनरावेदन अदालतसम्म जानका लागि नगरपालिकाबाट दिर पिट समेत गराएको बताउछन् ।



Post a Comment

 
Top