0
पोखरा नर्सिङ्ग क्याम्पस अनुसन्धान व्यवस्थापन इकाईको संयोजनमा संचालित ३ दिने बैज्ञानिक लेखन कार्यशाला गोष्ठी (ट्रेनिङ वर्कसप अन साइन्टिफिक राइटिङ) आइतबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका प्रमुख नर्सिङ प्रशासक गिता गुरुङ्ग रहेका थिए । स्वागत शिला मैनाली तथा कार्यक्रमको संचालन शारदा शर्माले गरेकी थिइन । पुस १५ देखि १७ गतेसम्म संचालन भएको कार्यशाला गोष्ठीमा विभिन्न क्याम्पस, पोखरा विश्वविद्यालय, चरक एकेडेमी, मणिपाल नर्सिङ्ग कलेज, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा नर्सिङ्ग क्याम्पस र नोवेल एकेडेमीका गरी ३१ जना शिक्षकहरु सहभागी थिए ।  कार्यक्रमको समापनका अवसरमा प्रमुख अतिथि नेपाल नर्सिङ्ग परिषद्का अध्यक्ष चन्द्रकला शर्माले सहभागीलाई प्रमाणपत्र प्रदान गरेकी थिइन । तालिममा प्रा.चन्द्रकला शर्मा, प्रा.विकास के.सी., प्रा.नविन श्रेष्ठ, सह प्रा. डा.प्रकाश उपाध्यायले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रम पोखरा नर्सिङ्ग क्याम्पस प्रमुख निरुपा थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत निता ताम्राकार र संचालन विष्णु गुरुङ्गले गरेका थिए ।


Post a Comment

 
Top