0
गोल्डेन न्यूज संवाददाता
विगत ३ महिनादेखि ब्रेन ट्युमरबाट पीडित कुर्घा–८, लामे, पर्वत स्थायी घर भई हाल पोखरा–१५, फलेपाटन निवासी लक्षिन कुमारी गुरुङ (लामा काईंली आमा) का लागि आर्थिक सहयोग संकलन गरिएको छ । चार भञ्ज्याङ तमु समाज पोखराका सदस्य एवं ट्रिनिटी एजुकेशन फाउण्डेशनका प्रवन्ध निर्देशक डि.बी.गुरुङको सक्रियता मा चन्दा संकलन गर्ने कार्य सम्पन्न भएको छ । सहयोग संकलन अभियान अन्तर्गत विशेषगरी चार भञ्ज्याङ तमु समाज यु. के., चार भञ्ज्याङ तमु समाज हङकङ, चार भञ्ज्याङ तमु समाज काठमाडांै र चार भञ्ज्याङ तमु समाज पोखराका सदस्यहरु लगायत बेल्जियम, नेदरल्याण्ड, बहराइन, आवुदावी, ईटली, जापान र अष्ट्रियाबाट समेत सहयोग रकम संकलन गरिएको अभियान्ता गुरुङले बताए । अभियानलाई सहयोग पु¥याउने उद्देश्यले चार भञ्ज्याङ तमु समाज यु. के. का सदस्यद्वय मदन गुरुङ र श्रीमती अन्तिम गुरुङले बेलायतबासी चार भञ्ज्याङ तमु समाजका सदस्यहरुबाट रकम संकलन गरी पठाएका थिए । त्यसैगरी चार भञ्ज्याङ तमु समाज हङकङबाट संकलित रकम लिएर समाजका सचिव राजु गुरुङ स्वयं उपस्थित भएका थिए भने चार भञ्ज्याङ तमु समाज काठमाडौंबाट संकलित रकम समाजका सचिव विजय गुरुङले रकम हस्तान्तरण कार्यक्रममा पठाएका थिए। यसैगरीै बेल्जियम बाट नन्द कुमारी गुरुङ र उमा गुरुङले पहल गरेर उठाएको रकम समेत पोखरा पठाइएको अभियान्ता गुरुङले बताए ।  चार भञ्ज्याङ तमु समाज यु. के., हङकङ, काठमाडांै, पोखरा र अन्य देशहरुमा रहेका आफन्तजन एवं ईष्टमित्रहरुद्वारा संकलन भएको कूल रकम १० लाख सात हजार दुई सय ३३ रुपैयां चार भञ्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष क्या. चन्द्र प्रसाद गुरुङ, समाजका अध्यक्ष ह.सु. मे. नारायण सिं गुरुङ, समाजका संस्थापक अध्यक्ष एवं हालका सल्लाहकार पुरनधोज गुरुङ तथा चन्दा संकलन अभियान्ता डि.बी. गुरुङले संयुक्त रुपमा पीडित लक्षिन कुमारी गुरुङ र उनकाका छोराद्वय टेक बहादुर गुरुङ (हिमाल) र किरण गुरुङलाई हस्तान्तरण गरिएको छ ।



Post a Comment

 
Top