0
नविन ज्योति महिला समुह लेखनाथ १ को १९ औं वार्षिकोत्सव तथा भवन समुद्घाटन समारोहमा विभिन्न व्यक्तिहरुलाई अभिनन्दन तथा सम्मान गरिएको छ ।  समूहकी अध्यक्ष कमला जि.सी. को अध्यक्षतामा भएको कार्यक्रममा भवन समुद्घाटन गर्दै सांसद कुमार बहादुर खड्काले महिला सशक्तिकरणमा महिला समूहको भूमिका अहम् हुने बताए ।  उक्त अवसरमा सांसद खड्काले संघीयताका कारण देश विग्रने स्थितिमा पुगेको भन्दै देश विकासका लागि सबै एकजुट हुन आग्रह गरे । भवन निर्माणमा सहयोग गरेबापत सांसद खड्कालाई आमा समूहको तर्फबाट अभिनन्दन गरिनुका साथै समाससेवी मोती गिरीलाई अभिनन्दन गरिएको थियो । कार्यक्रममा अग्निधर गौतमलाई मरणेपरान्त सम्मान गरिएको थियो भने जग्गादाता देवका भण्डारी, चन्दादाता कुलविर वि.क., सुनिता गुरुङ्गलाई सम्मान गरिएको थियो । सोही अवसरमा लेखनाथ क्षेत्रमा रहेर विगत दश वर्षदेखि निरन्तर रुपमा पत्रकारिताका माध्यमबाट यस क्षेत्रको उन्नयनमा सहयोग पु¥याएकोमा गोल्डेन न्यूजकर्मी  एवं लेखनाथ पत्रकार समाजका कोषाध्यक्ष विष्णुहरि पौडेललाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । शिक्षण पेशामा समेत आवद्ध पौडेल लेखनाथको एक रेडियोमा समाचारवाचकको रुपमा कार्यरत छन् । कार्यक्रममा पूर्व अध्यक्षहरु सत्यदेवी थापा, नारायणी चापागाई, पार्वती गिरी, ओपीकला पराजुली, पूर्व सचिव राधिका अधिकारी, कोषाध्यक्ष गोमा देवी आचार्य, बृद्ध सदस्य पवित्रा आचार्य, क्रियाशिल सदस्य अरिमाया गौतम र बाल कुमारी पौडेल, समाजसेवी महादेव गिरीलाई कदर पत्र प्रदान गरिएको थियो भने चन्दादाताहरु जगदिश पौडेल, विपुलराज भण्डारी, विरबहादुर क्षेत्री, दयाराज भण्डारी, यमबहादुर जि.सी. र भिम रोक्कालाई प्रशंसा पत्र प्रदान गरिएको थियो । संस्थाकी सल्लाहकार नारायणी चापागाईले धन्यवाद् ज्ञापन तथा सचिव लक्ष्मी आचार्यले सञ्चालन गरेको कार्यक्रममा सम्मानित मोती गिरी, लेखनाथ नगरपालिका सामुदायिक शाखा प्रमुख मिना भण्डारी, नर्मदेश्वर मोक्षाश्रमका अध्यक्ष झविन्द्र आचार्य, सामुदायिक सेवा केन्द्रका अध्यक्ष ज्ञानेन्द्र बजगाई, वडा सचिव राजेन्द्र बजगाई, राप्रपाका हेमबहादुर हमाल र समाजसेवी दिपकमणि भण्डारी लगायतले महिला समूहको योगदानको बारेमा बोलेका थिए ।



Post a Comment

 
Top