0
गोल्डेन न्यूज संवाददाता
मिस गण्डकी सिजन तीनको ताज पोखरा रानीपौवाकी १८ वर्षीया ज्योती राईको शिरमा परेको छ । आफ्ना १८ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधिको ताज आफ्नो पोल्टामा पारेकी हुन्। चाँदीको ताजसँगै उनले एक लाख ८० हजार रुपैया बराबरको स्कुटर पुरस्कार स्वरुप प्राप्त गरिन् । ज्योतीले ‘बेस्ट स्माईल’ टाईटल अवार्ड समेत आफ्नो पोल्टामा पारिन् । ज्योतीले हाल प्लस टु मा अध्ययन गर्दैछिन् । मिस गण्डकीको बिजेता बनिसकेपछि आफूलाई निकै खुशी लागेको उनले प्रतिक्रिया दिईन् । ‘म मेरो लक्ष्य प्राप्तिको लागि एकदमै तम्तयार थिएँ ।’ क्राउन पहिरिएपछि उनले भनिन् ‘लक्ष्य प्राप्तिका लागि मैले गरेको कडा मेहेनतको परिणाम अन्तत मैले पाएकी छु ।’ ज्योतीले आगामी दिनमा आफू सामाजिक उत्तदायित्व हुने खालका क्रियाकलापमा पनि सक्रिय हुने प्रतिबद्धता जनाईन् । परतियोगितामा सैलताज कुँवर फस्ट रनरअप भईन् । उनले मोस्ट इन्टेलिजेन्ट र मोस्ट पपुलर समेत आफ्नो पोल्टामा पारिन् । फस्ट रनरअपको उपाधिसँगै सैलताजले ५० हजार रुपैयाँ बराबरको पुरस्कार  प्राप्त गरिन् । प्रतियोगितामा श्रृष्टि आर्चायले सेकेन्ड रनरअप सँगै बेस्ट कम्प्लेक्सन टाईटल जितिन् भने सपना अधिकारी थर्ड रनरअपको टाईटलसँगै भ्युअर च्वाईस र मोस्ट पङ्चुअल अवार्ड पनि जितिन् । सेकेन्ड रनरअप श्रृष्टिले उपाधिसँगै २५ हजार रुपैयाँ प्राप्त गरिन् । त्यस्तै थर्ड रनरअप सपना अधिकारीले हेवन म्याट्रेसको तर्फबाट ‘स्पेशल गिफ्ट ह्याम्पर’ प्राप्त गरिन् । १८ प्रतिस्र्पर्धीहरुबाट प्रथम चरणमा उत्कृष्ट १२ जना, दोस्रो चरणमा उत्कृष्ट ६ जना छनौट गरिएकोमा फाइनल राउण्डमा निर्णायकले सोधेको एउटै प्रश्नको उत्तर लेखेर वाचन गरेपछि अन्तिम निर्णय आएको थियो । उपाधि प्राप्त गर्नका लागि प्रतियोगिहरुलाई लेखन र वक्तृत्वकला प्रस्तुत गर्न लगाईएको थियो । रियल ईभेन्ट म्यानेजमेन्ट र एस.टी. क्रियशनको संयुक्त आयोजनामा भएको मिस गण्डकी सिजन तीनमा अन्य विभिन्न २१ वटा शीर्षकमा सब टाईटल उपाधि दिईएको थियो । मिस गण्डकी सिजन तीनको ग्राण्ड फिनालेको निर्णायकहरुमा बरिष्ठ अन्तर्राष्ट्रिय पाईलट तथा कलाकार बिजय लामा, मिस नेपाल २००० एवं भिजे उषा खड्की, स्वर सुन्दरमणि गायक कर्णदास, प्रमोटर्स नेपालका सिईओ तथा वरिष्ठ सञ्चारकर्मी जीपी तिमल्सिना, पोखरा लिङ्कन इन्टरनेशनल कलेजकी फाउन्डर प्रिन्सिपल पम्फा गुरुङ, मदरल्यान्ड उच्च मा.वि.का फाउन्डर डाईरेक्टर त्रिभुवन शर्मा, चर्चित गायक तथा संगितकार विनोद बाँनिया, अफिसियल फोटोग्राफर एवं एस.टु. प्रोडक्शनका सञ्चालक सुरज श्रेण्ठ र जीत हाम्रो फाउन्डेशनका निर्देशक राजेश जोशी लगायत रहेका थिए ।
 
कार्यक्रममा नेपाल नाट्य तथा संगित प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव एवं संस्कृतिकर्मी प्राज्ञ तिर्थ श्रेष्ठले प्रमुख अतिथिको भूमिका निर्वाह गर्नुभएको थियो । मिस गण्डकी सिजन एक देखि तेश्रो संस्करण सम्मको प्रमुख प्रशिक्षक तथा कोरियोग्राफरको रुपमा सुरज थापा मगर रहेका थिए । ‘यो ईभेन्टबाट हामीले पोखरामा अझै पनि राम्रा र स्तरीय सुन्दरी प्रतियोगिता हुने गर्दछ र सुन्दरी प्रतियोगिताको क्रेज निकै छ भन्ने कुरा प्रमाणित गरेर देखाएका छौँ ।’ कोरियोग्राफर थापाले भने–‘उचित व्यवस्थापन हुने हो भने सुन्दरी प्रतियोगिता सानदार हुन्छ भन्ने हामीले गरेर देखायौँ ।’ त्यस्तै आयोजक संस्था रियल ईभेन्ट म्यानेजमेन्टका निर्देशक सुशिल पोखरेलले मिस गण्डकी सिजन तीन पनि निकै सफल भएको दाबी गरे । ‘यो कार्यक्रम सफल हुनुमा प्रतियोगीहरु, प्रायोजकहरु, आयोजक टिम, मिडिया आदि सबैको भूमिका छ ।’ पोखरेलले भने–‘आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा हाम्रो संस्थाले गरेको छ ।’ कार्यक्रममा स्वर सुन्दरमणि गायक कर्णदास, चर्चित गायक तथा संगीतकार विनोद बानियाँ, चर्चित गायक तथा संगीतकार योगेश काजीको गायन, एमनुज डान्स स्कुल, बिटुडी डान्स क्रू र पोखरा कला केन्द्रको नृत्य प्रस्तुति र हास्य प्रहशन जस्ता प्रस्तुति रहेका थिए ।




Post a Comment

 
Top