0
नयाँबजार साँस्कृतिक समितिको साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा पुनः शम्भुलाल श्रेष्ठलाई चयन गरेको छ । समितिकोे उपाध्यक्षमा योगेन्द्र बाटाजु, सचिवमा भावना श्रेष्ठ, कोषाध्यक्षमा अर्जुन श्रेष्ठ, सदस्यहरूमा तिलक प्रधान, सागर उदास, दिपक मुल्मी, रोशन मानन्धर, मिलन श्रेष्ठ, ईश्वरी श्रेष्ठ, बुद्धमान ताम्राकार, कृष्णप्रसाद श्रेष्ठ, जुना ताम्राकार, राजेन्द्र श्रेष्ठ, हर्कमान साई, भुषण नारायण श्रेष्ठ रहेका छन् । त्यस्तै मानार्थ नायो मेघबहादुर ताम्राकार र पदने सदस्यहरूमा अध्यक्ष नेवा मिसा पुचः नयाँबजार र अध्यक्ष ल्याम्ह पुचः नयाँबजार रहेका छन् । त्यसैगरी अधिवेशनले सल्लाहकार हरूमा वेदकुमार श्रेष्ठ, आनन्द श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ र उत्तम जोशीलाई चयन गरेको छ भने संरक्षकमा जगतकृष्ण कर्माचार्य, नृत्य नायो मेघबहादुर ताम्राकार, नृत्य तथा श्रृंगार निर्देशक भक्तराज श्रेष्ठ रहेका छन्। कार्यक्रमका प्रमुख अतिथि नेवाः खल कास्कीका उपाध्यक्ष तथा कवि एवम् संस्कृतिविद् तीर्थ श्रेष्ठले नेवारी साँस्कृति र यसको जगेर्ना गर्नुपर्ने भन्दै विभिन्न नेवारी परम्परालाई अंगिकार गर्दै नेवारी सँस्कृति संरक्षण तथा सम्वद्र्धन गर्नु पर्नेमा जोड दिए । समितिका अध्यक्ष शुम्भुलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा समन्वय समिति वडा नं. ९ का  संयोजक उत्तम जोशी र सल्लाहकार आनन्द श्रेष्ठ,  सल्लाहकार वेदकुमार श्रेष्ठ, कोषाध्यक्ष अर्जुन श्रेष्ठ र सचिव भावना श्रेष्ठ लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।



Post a Comment

 
Top