0
गोल्डेन न्यूज संवाददाता
लमजुङको करापुटार नगरपालिकाको भोर्लेटारस्थित ईशानेश्वर क्याम्पसले आयोजना गरेको धार्मिक तथा शैक्षिक महोत्सव सफल पार्न पोखरामा समिति गठन गरिएको छ । ईशानेश्वर क्याम्पस धार्मिक तथा शैक्षिक महोत्सव एवम् श्रमद्भागवत् सप्ताह ज्ञान महायज्ञ २०७३ मूल आयोजक समितिद्वारा शुव्रmबार पोखरामा आयोजित लमजुङको भोर्लेटार, ईशानेश्वर, बाङ्ग्रे, समिभन्ज्याङ, करापु तथा कास्कीको थुम्की, हंसपुरलगायत आसपासबाट पोखरा आई बसेका व्यक्तिहरुको पोखरा भेलाले रामबहादुर पौडेलको संयोजकत्वमा ११ सदस्यीय पोखरा सम्पर्क समिति गठन गरेको हो । समितिको उपाध्यक्ष गोकर्णप्रसाद रेग्मी, सचिव महेन्द्रमणि पौडेल, कोषाध्यक्ष राजन कुँवर तथा सदस्यहरुमा प्रकाशमणि रेग्मी, कृष्णप्रसाद अधिकारी, सुरेशकुमार श्रेष्ठ, जीतबहादुर खनाल, विकास खनाल, निर्मलमणि सोती र प्रल्हादचन्द्र घिमिरे रहेका छन् । यस्तै, भेलाले सल्लाहकारहरुमा रत्नमान गुरुङ, नवीनबाबु पौडेल, बयानबहादुर गोदार, बुद्धिमान गुरुङ ‘धम्पु’, रामप्रसाद अधिकारी, प्रकाशमोहन खनाल, शुव्रmराज सापकोटा, बद्रिविनोद प्रतीक, भूपाल कुँवर, रविन पौडेल र ऋषिकेशव सुवेदीलाई चयन गरेको छ । यसअघि १ हजार ८ सदस्यीय मूल आयोजक समिति तथा लमजुङको सदरमुकाम बेसीसहरमा सम्पर्क समिति गठन गरिसकिएको छ भने दमौली, चितवन र काठमाडौँमा पनि सम्पर्क समिति गठन गरिने बताइएको छ ।कार्यव्रmममा मूल समितिका अध्यक्ष प्रेमलाल श्रेष्ठले ‘उच्च शिक्षामा सामुदायिक प्रयास ः समृद्ध क्याम्पस हाम्रो विकास’ भन्ने मूल नारासहित आगामी माघ १६ देखि २३ गतेसम्म महोत्सव हुने जानकारी दिए। २०५७ देखि शिक्षा र २०६६ देखि व्यवस्थापन सङ्कायमा स्नातक तहको पढाइ सञ्चालन भइरहेको क्याम्पसमा आगामी दिनमा गुणस्तर सुनिश्चितता प्रत्यायनतर्फ उन्मुख भई  प्राविधिक विषयको पढाइ थप्नका लागि पूर्वाधार तयार पार्ने उद्देश्यले रु. ३ करोड सङ्कलन गर्ने लक्ष्य लिइएको श्रेष्ठले बताए । कतिपय महायज्ञहरुबाट उठेको रकम दुरुपयोग हुने गरेको प्रसङ्ग उठाउँदै अध्यक्ष श्रेष्ठले उठेको रकम पूर्ण रुपमा पारदर्शी ढङ्गले सदुयोग गर्ने र कार्यव्रmम सकिएको एक महिनाभित्र आय(व्यय सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यव्रmमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा करापुटार नगरपालिकाका स्थानीय वासिन्दा पारसमणि पौडेलले धर्मका नाममा नभई भावना र प्रतिष्ठासँग जोडिएर मानिसले दान दिने गरेको बताए । लमजुङकै प्रतिष्ठाको विषय बनेको ईशानेश्वर क्याम्पसले लिएको लक्ष्य पुरा गर्न राजनीतिक पूर्वाग्रह नराखी तर सबै राजनीतिक आस्थालाई समेटेर अघि बढ्नुपर्ने सुझाव पौडेलले दिए । आफ्नो पार्टी र आफ्नो तर्फबाट पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धतासमेत पौडेलले व्यक्त गरे । क्याम्पस प्रमुख रमेशचन्द्र घिमिरेको सहजीकरणमा भएको कार्यव्रmममा मूल समितिका उपाध्यक्ष रामकृष्ण घिमिरे, नकेपा एमाले जिल्ला कमिटी कास्कीका पूर्व सदस्य कालिदास सुवेदी, नेपाली काङ्ग्रेस कास्कीका पूर्व सदस्य नवीनबाबु पौडेल, अमरसिंह माविका पूर्व प्रधानाध्यापक बयानबहादुर गोदार, महेन्द्रमणि पौडेल, ज्ञानप्रसाद अधिकारी, शुव्रmराज सापकोटालगायतले कार्यव्रmम सफलताका लागि आफूले सहयोग गर्ने बताए । लमजुङकै दोस्रो सामुदायिक क्याम्पस ईशानेश्वरमा आयोजित महायज्ञमा भागवत् भाष्कर कमलनयन गौतमले प्रवचन दिने आयोजक समितिका सचिव तथा क्याम्पस प्रमुख रमेशचन्द्र घिमिरेले जानकारी दिए । भागवत् वाचनसँगै ‘सामुदायिक उच्च शिक्षा ः प्रयास, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठी, पुस्तक प्रदर्शनी, धनधान्यान्चल, तुलादान, पितृ उद्धार, कलश यात्रा, स्वस्ति शान्ति, सांस्कृतिक झाँकी प्रदर्शनलगायतका कार्यव्रmमहरु हुने पनि घिमिरेले बताए ।



Post a Comment

 
Top