0
गोल्डेन न्यूज संवाददाता
सरकार गठन भएको ४ महिना पछि मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक हुने भएको छ। मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक नभएको भन्दै आलोचना भईरहेका बेला आईतबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको कार्यालयमा प्राप्त भएको मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो । सार्वजनिक पद धारण गरेका जो कोहीले नियुक्ति भएको ६० दिन भित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानूनी ब्यबस्था छ। मन्त्रीहरुको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको वेब साइटमा राखी सार्वजनिक गरिने व्यवस्था पनि गरिएको छ। त्यसै गरी सरकारले पुर्नवहालीको माग गर्दै आन्दोलन गर्दै आएका शिक्षकहरुको माग सम्बोधन गर्न पूर्व न्यायाधिश गोविन्द पराजुलीको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ समिति पनि गठन गरेको छ।राजनीतिक पूर्वाग्रह वा द्वन्द्वकालमा हटाइएका शिक्षकहरुको समस्या समाधान गर्नका लागि न्यायाधिश पराजुलीको नेतृत्वमा सहन्यायाधिवक्ता डिल्ली शिवाकोटी र शिक्षा विभागका महानिर्देशक खडक प्रसाद न्यौपाने सदस्य रहेको जाँचबुझ आयोग बनाउने निर्णय गरेको हो।



Post a Comment

 
Top