0
गोल्डेन न्यूज संवाददाता
पूर्वाञ्चलमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुदका प्रतियोगिताका पश्चिमाञ्चलबाट फुटबल, जुडो र एथलेटिक्स खेलाडी छनोट भएका छन् । पोखरा रगंशालामा भएको छनोट प्रतियोगिताबाट  पुरुष तथा महिला २०–२० जना खेलाडी छनोट भएका हुन् । पुरुष फुटबलका लागि राष्ट्रिय टिमका कप्तान अनिल गुरुङ सहित बिमल घर्तीमगर, मान बहादुर तामाङ टोलीमा परेका छन् ।  कास्कीबाट दिप कार्की, रवि थापा, विमल बस्याल, आशिष केसी, शुसिल केसी, शिव सुबेदी र बिमल राना छनौटमा परेका छन् । स्याङ्जाबाट राजाबाबु थापा, सरोज योन्जन, सुभाष गुरुङ, लक्ष्मण रुचाल, विश्वास श्रेष्ठ, रुपन्देहीबाट आशिष गुरुङ, डोना थापा, अशोक थापा रहेका छन् । तनँहुबाट आशा गुरुङ र विश्व अधिकारी छनोट भएको छनोट समितिका संयोजक कृष्ण थापाले जानकारी दिए ।
महिलातर्फ शुभेच्छा थापा
(नवलपरासी), विमला विक
(नवलपरासी), बेलमाया थापा
(नवलपरासी), संगीता पुन
(नवलपरासी), हिना राणा
(नवलपरासी), उदय थापा
(नवलपरासी), सुनिता विक
(नवलपरासी) छनोट भएका छन् । त्यसैगरी कास्कीकी स्मृति गुरुङ, सोनु नेपाली, रुपन्देहीकी चेतमाया जिसी, इन्द्रा सेन, पुष्पा थापा क र पुष्पा थापा ‘ख’, सोनिया भट्टराई, स्याङ्जाबाट सोरस्मा थापा, रिया बानु, रेणुका हमाल, सारदा नेपाली, शोभा पगेनी, अस्मिता राणा छनोट भएका छन् । छनोट समितिमा बरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापा सहित उपेन्द्रमान सिंह, बालगोपाल मर्हजन र शम्भु केसी सदस्य रहेका थिए । छनोट प्रतियोगिताको फाइनलमा कास्कीले स्याङ्जालाई १–० ले हराउँदै स्वर्णपदक जितेको छ भने तनँहुले रुपन्देहीलाई हराउँदै तेस्रो स्थान पक्का गरेको थियो । छनोट भएका खेलाडीलाई मंसिर २९ गते देखि बन्द प्रशिक्षणमा राखिने छ । छनोट प्रतियोगिताबाट पोखरामा भएको एथलेटिक्स पुरुष तर्फ रोहित अधिकारी( गुल्मी), कुमार गुरुङ (कास्की),सन्दीप चौधरी (कपिलबस्तु), भद्रबहादुर खत्री (तनहुँ),विकास कुमार शाह
(कास्की), भगवानसिंह घर्तीमगर
(कपिलवस्तु), जयसराम चौधरी
(कपिलबस्तु), प्रकाश कुँवर(पर्वत), जयन्द्र गुरुङ(लमजुङ), केशव कुमाल(गुल्मी),युवराज थापा(तनहँु, आर्यन बस्नेत(गोरर्खा),सरोज बस्नेत(म्याग्दी), अशोक सुनार(पर्वत), चन्द्रबहादुर मल्ल(बाग्लुङ) छनोट भएका छन् । महिला तर्फ गुडिया गुप्ता(नपलपरासी), विपना परियार(नवलपरासी), अनिषा भण्डारी(कास्की), डिलमया थापा (तनहुँ), मनिषा आले(कास्की), दोलमाया महतो (नवलपरासी), रिभा कार्की (म्याग्दी), गिताकुमारी वि.क. (गुल्मी), कुसुम रानामगर(कास्की), कल्पना श्रेष्ठ (नवलपरासी), सोनु नेपाली (कास्की), सिता सेन (गुल्मी) छनोट भएको पश्चिमाञ्चल खेलकुद विकास समितिले जनाएको छ। यसैवीच छनोट अन्तर्गत आतबारदेखि पोखरा रगंशालामा फुल कन्टयाक कराँतेको पश्चिमाञ्चल छनोट सुरु भएको छ । छनोटको केन्द्रीय प्रतिनिधि राजेन्द्र सुवेदी र कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपक गोदारले गरे । पश्चिमाञ्चलका विभिन्न जिल्लामा विभिन्न खेलको छनौट सञ्चालन भई रहेको छ । मंसिर ३० गतेसम्म संचालन हुने प्रतियोगितामा १४ खेलमा १६ जिल्लाका २४ सय ८४ खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गरेका छन् । प्रतियोगितामा छात्र १६०८ र छात्रा ८ सय ७६ र अफिसियल ४५३ जना गरि २९ सय ४२ जनाको सहभागीता रहने छ ।



Post a Comment

 
Top