0
उच्च माध्यामिक बिद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा यही पुष ५ गते देखि हिसान स्पोटर्स मिट अन्तर्गत टेबुल टनिस प्रतियोगिता सुरु हुने भएको छ । पूर्वाञ्चलमा यहि पुष ८ गते देखि सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता भएको कारणले गर्दा अनौपचारिक रुपमा हिसान स्पोटर्स मिट अन्र्तगत पुष ६ देखि सम्म टेबुल टेनिस प्रतियोगिता हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।  कास्कीका ४७ उच्च मावीका छात्र तथा छात्रा दुबै तर्फको एकल तथा सामुहिक रुपमा प्रतिष्प्रर्धा हुने भएको हिसान कास्कीका अध्यक्ष बाबुराम पन्तले बताए । प्रतियोगिताको तयारी तीव्र पारीएको प्रतियोगिताका संयोजक एवं हिसान कास्कीका पूर्व अध्यक्ष रमाकान्त बरालले बताए । विजेता खेलाडी तथा समूहलाई ट्रफी मेडल प्रमाण पत्र वितरण गरिने भएको छ । प्रतियोगिता सम्पन्न गर्न करीब ६ लाख ९५ हजार खर्च लाग्ने पन्तले जनाए ।  हिसान कास्कीमा करिब ६ हजार विद्यार्थीहरु अध्ययनरत रहेको उपाध्यक्ष रामजी शर्माले बताए । कक्षा ११ र १२ मा अध्ययन गर्ने बिद्यार्थीहरुलाई खेलकुदको विकास गराउने उद्देश्यले भलिवल र बास्केटवल छात्र÷छात्रा दुबै तर्फ को प्रतियोगिता हुने भएको बरालले बताए । प्रतियोगिता सफल बनाउन हिसान कास्कीले विभिन्न उपसमिती गठन गरेको छ जसमा भलिवल उपसमिति संयोजक दिवाकर जैसी, वास्केटवलमा राजु कायस्थ, टेवल टेनिस उप–समिति संयोजकमा यम रोका, स्टेज मेनेजमेन्टमा रामजी शर्मा, पुरस्कार एवं सर्टिफिकेट उप–समितिका ढाकाराम कडेल, संचारमा डा.पुण्य पौडेल, सुरक्षा र फस्ट एडमा शेर बहादुर गुरूङ्ग, खाजा तथा पानी व्यवस्थापनमा ढाकाराम कडेल, न्यायिक उप समिति संयोजक सूर्य जि.सी., आर्थिक उप समितिका संयोजक त्रिभुवन शर्मा, अतिथि सत्कार उप–समितिमा वावुराम पन्त रहनेगरी उप समितिहरू गठन भएको छ ।

Post a Comment

 
Top