0
गोल्डेन न्यूज संवाददाता
सुधार समिति रामबजार १०÷१५ पोखराले रामबजारमा हुने हरेक कार्यमा सहयोग गर्ने सहयोगीदाता रामबजार सोसाइटी युकेका सल्लाहकारलाई रामबजारमा रहेका सम्पूर्ण संघ–संस्थाले स्वागत गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि रामबजार सोसाइटी युकेका सल्लाहकार समाजसेवी भीमसेन कुमार श्रेष्ठले मन्दिरको घण्टी बजाई कार्यक्रमको शुभारम्भ गरे । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले आफ्नो बाल्यकालको याद गर्दै हिजोको रामबजार र आजको रामबजारमा धेरै फरक र विकास भएको बताए ।  उनले हामीजस्ता दाताले दिएको सहयोग यहाँका संघ–संस्थाले सदुपयोग गरेकोमा हामी विदेशमा बस्ने सबै सहयोगीदाताहरु गौरवान्वित भएको भन्दै आउँदा दिनमा समेत आवश्यक सहयोग गर्ने बताए । कार्यक्रममा रामबजार क्षेत्रका हरेक कृयाकलापमा सहयोग पाइरहेको र एम्बुलेन्स सेवा, रगतमा लाग्ने रकम सहयोगका साथै २०७४ मा हुने तायाःमचाः महोत्सव लाई सफल बनाउन समेत आग्रह गरिएको थियो ।  उक्त अवसरमा सोसाइटीका निवर्तमान अध्यक्ष रुपक गुरुङ्ग, सल्लाहकार भीमसेन कुमार श्रेष्ठ र सदस्य मिला श्रेष्ठर्ला टोल सुधार समिति, पोखरा भ्याली स्पोर्टस् क्लवग, रामबजार तायाःमचाः नाच समिति, रामबजार युथ क्लव, उपशाखा १०, ११, राममन्दिर, कृष्ण मन्दिर, राममन्दिर माछापुच्छे« महिला समूह, रामबजार नेवाःमिसाः पुचः लगायतका संघ–संस्थाहरुले संयुक्त रुपमा सम्मान गरेका थिए । कार्यक्रममा राममन्दिरका अध्यक्ष पदम गुरुङ्ग, खेम गुरुङ्ग, कुमार थिङ्ग लामा, माया भुजल, विश्व तण्डुकार, समिता रन्जित लगायतले आ–आफ्नो भनाइ राखेका टोल सुधार समिति रामबजार १०÷१५ का अध्यक्ष सम्मर बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष खरिलाल विकले स्वागत गरेको कार्यक्रमको संचालन जीवन श्रेष्ठले गरेका थिए ।










Post a Comment

 
Top