0
सबै अपाङ्गले सम्मानपूर्वक बाँच्न पाउनुपर्छ भन्ने उद्देश्यका साथ अपाङ्ग मैत्री पवित्र सेवा संघ काठमाडौंले तयार पारेको अपाङ्गताको पीडा विषयक वृत्तचित्र शुक्रबार पोखरामा प्रदर्शन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि संगीतकार बीबी अनुरागीले संस्थाले तयार गरेको वृत्तचित्रले अपाङ्गता भएकाहरुलाई सहयोगका नाममा माछा हैन बल्छीको खाँचो रहेको बताए । नेपाल छन्त्याल संघ जिल्ला समिति कास्कीका अध्यक्ष भक्तबहादुर घरब्जाले समाजले अपाङ्गता भएकाहरुलाई हौसला प्रदान गर्नका लागि वृत्तचित्रका प्रदर्शनमा निःशुल्क भवन उपलब्ध गराको बताए । कार्यक्रममा वृत्तचित्रका स्क्रिप्ट राइटर सुमन श्रापित, बीबी अनुरागी, नेपाल छन्त्याल संघ जिल्ला अध्यक्ष भक्तबहादुर घरब्जा, साहित्यकार असफल गौतम, समाजसेवी ज्ञानबहादुर छन्त्याल, अर्जुन रसाइली, तीलक थापा लगायतलाई सम्मान तथा अभिनन्दन गरिएको थियो । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ कास्कीका उपाध्यक्ष पदम उदासी, सचिव कृष्ण रानाभाट, तराना म्यूजिकका प्रबन्धक श्रीमान थुलुङ साहित्यकार असफल गौतमलगायतले बोलेका थिए । अध्यक्षको आसनबाट बोल्दै अपाङ्गता मैत्री पवित्र सेवा संघका अध्यक्ष रामबहादुर रसाइलीले एक वर्षको समय र तीन लाख लागतमा तयार गरिएको वृत्तचित्रका लागि सहयोग गर्ने सबैलाई आभार प्रकट गरे ।
सुमन श्रापितको कथा, बीबी अनुरागीको संगीत संयोजन, दिव्या नेपालीको आवाज र प्राध्यापक गणेश बरालको अंग्रेजी रुपान्तरण गरेर वृत्तचित्र हेरेर विभिन्न दाताले स्वेच्छिक सहयोग गरेका थिए । संस्थाले कास्की, मुस्ताङ, म्याग्दी, लुम्बिनी, काठमाडौंलगायतका जिल्लामा अपाङ्गता भएका भई सडकमै कष्टकर जीवन बिताउँदै आएका पात्रलाई कैद गरी ३५ मिनेटको वृत्तचित्र तयार पारेको हो ।

Post a Comment

 
Top