0
गोल्डेन न्यूज संवाददाता
डेढ बर्ष अघि नेपालमा आएको विनासकारी भूपकम्पका कारण ऐतिहासिक सम्पदा धरहरा भत्कियो । भूकम्पले भत्काएको नौ तले धरहरा अहिले भग्नाशेषमा सीमित छ । त्यसको पूननिर्माणका लागि गुरुयोजना बनेको भएपनि काम अगाडि बढ्न सकेको छैन । तर पोखरामा एक ब्यक्तिले आप्mनै घरको छतमा धरहरा निर्माण गरेका छन् । करिव डेढ वर्ष वित्दा पनि धरहरा अझै निर्माणको काम हुन सकेको छैन भने निर्माण गर्ने तर्फ कसैले ध्यान नदिएको देख्दा दुःखी पोखरा–७, शान्तिनगर चोक बस्ने धनबहादुर तामाङले भने आफ्नै घरको छतमा धरहरा निर्माण गरेका छन् । करिव १ लाख ५० हजारको लागतमा उनले धरहरा निर्माण गरेका हुन् । सिन्धुली जिल्ला वेलघाडी गा.वि.स बाट २५ बर्ष अगाडि पोखरामा बसाई सरेर आएका तामाङ २०६९ सालमा काठ्माडौँ वासबारी न्यूरो हस्पिटल उपचारको क्रममा पुग्दा धरहरा चढ्ने रहर थियो तर ब्यस्तताले गर्दा पुरा भएन् । फेरी आउँदा चढने बाँचा सहित पोखरा फर्किए । वीचमा फेरी जाने चाजोपाँजो मिलेन् । धरहरा चढ्ने उनको सपना बैशाख १२ गतेको भूकम्पले चकनाचुर बनायो । त्यसपछि भने एक्कासी २०७२ वैशाख १२ गते मध्यान्ह आएकोे भूकम्पले धरहरा भत्किएसंगै उनको सपना सपनामै सीमित रहयो । धरहरा भत्किएको खवरले उनी निक्कै भावुक बने । त्यसपछि उनले आफ्नै घरको छतमा धरहरा निर्माण गर्ने योजना बनाए । गत कात्तिकमा उनले धरहरा निर्माण सुरु गरेर हाल निर्माण सम्पन्न भएको छ । धनबहादुरकी जीवनसंगीनि देवमाया भन्छिन्–‘भूकम्पले हाम्रो धरहरा भत्कायो, प्राकृतिक वित्तिलाई कसैले रोक्न सक्दैन तर भत्कियो भन्दैमा हामी त्यसै वस्न हुदैन् । हामी नेपाली एक भयौ भने लडेको धरहरालाई पूननिर्माण गर्न समय लाग्दैन र बनाउन सक्छौ ।’ उनले आफनो घरको छतमा बनाइएको धरहरा हेर्नका लागि पनि धेरै आउने गरेको सुनाए। उनले पहिला आफूलाई नै के बन्न लागेको भन्ने बारे श्रीमानले जानकारी नदिइएको र बनेपछि मात्रै थाहा भएको बताए । उनले भनिन्–‘जुन नमुना हामीले बनाएका छौ,त्यसलाई हेर्न धेरै मान्छे आउछन, यो हेरेरै भएपनि आउनेहरु खुशी हुदै फर्कन्छन् ।’ सोही ठाँउमा बस्ने अनित थापा यही धराहरा भएपनि हेर्न धेरै मान्छे आउँछन् र आफुपनि हरेक शनिबार आउने गरेको बताउछन् ।





Post a Comment

 
Top