0
गोल्डेन न्यूज संवाददाता
पुराना सारङ्गीबादक लालबहादुर गायक मुटुरोगबाट पीडित छन्। उनको यतिबेला काठमाडांैस्थित ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ। अस्पतालले उनलाई आइसियूमा राखेर उपचार गरिराखेको उनको परिवारले जनाएको छ। दशैँपछि उनलाई रोगले च्यापेको हो। तर मंसिरको शुरुवातसँगै उनलाई रोगले थला पा¥यो। ‘शुरुमा पेट पोल्यो। त्यसपछि हातखुट्टा पोल्न थाल्यो। त्यसपछि त बोल्नै नहुने, ज्वरो मात्रै आउने, ज्यान सुन्निने जस्तो समस्या देखिन थाल्यो।’ लालबहादुर गायककी श्रीमतीले भनिन्–‘जचाउँन अस्पताल लगियो। तर पोखराका डाक्टरहरुले काठमाडांै रिफर गरे।’ यतिबेला आइसियूमा राखेर ४५ वर्षिय लालबहादुरको उपचार भैरहेको उनले सुनाईन्। कास्की हेमजाको यो परिवार सामान्य परिवार हो। लालबहादुरका दुई छोरामध्ये जेठो चाँहि खाडीतिर काम गर्छन्। कान्छो चाँहि पोखरामै सामान्य व्यवसाय गरेर बसिरहेका छन्। ग्राण्डीमा उपचाररत लालबहादुरको खर्च ठूलै आएको छ। सामान्य परिवारको खर्चले उनको उपचारलाई थेग्न सक्दैन। लालबहादुरको यहि समस्यालाई देखेरै हेमजा घर भएकै गायक बिनोद बानिँयाले उनको उपचारका लागि विदेशमा रहेका आफ्ना साथीहरुलाई सहयोगका लागि अपिल गरे। अमेरिकामा रहेका उनका साथी ध्रुब कुँवरले सहयोग उठाउने जिम्मा लिए। उनी लगाएत उनको समूहले केहि समय सहयोगका लागि अमेरिकामा अपिल ग¥यो। र, जम्मा भयो नेपाली रकम २ लाख। त्यहि २ लाख रुपैयाँ गायक बिनोद बानिँयाले बुधबार विरामी स्रष्टा लोकबहादुरको परिवारलाई उपलब्ध गराएका छन्। ‘एउटा स्रष्टा आर्थिक अभावमा अल्पायुमै जानु हुँदैन। उनीहरुलाई बचाउनुपर्छ भन्ने हिसाबले नै मैले मेरा साथीहरुलाई पहल गरेको हुँ।’ गायक बानिँयाले बुधबार भने–‘यो सहयोग रकमले धेरथोर उहाँको उपचारमा सहयोग पु¥याउनेछ।’
 
स्रष्टाहरुलाई मृत्युपर्यन्त सम्झनुभन्दा उनीहरुलाई मृत्युको मुखबाट फर्काउनु ठूलो कुरो भएको बानिँयाले बताए। लोकबहादुर एक हप्ता यता ला ग्राण्डीको आइसियूमा उपचाररत रहेको उनका भाई सम्मर गायकले जानकारी दिए। ‘दाईको अवस्था अहिले अलिक सुधारोन्मुख छ। डाक्टरले नआत्तिन भनेका छन्। जे होस्, दाईलाई केहि हुदैन भन्नेमा हामी ढुक्क छौँ।’ सम्मरले भने–‘मुटुको भल्व फेर्नुपर्ने भनेका छन्। पुरानै लयमा उहाँ फर्किन नसकेपनि उहाँलाई सकुशल राख्न भने सकिने आश्वासन डाक्टरले दिएका छन्।’लालबहादुर विशेषगरि रत्यौलीमा चर्चित नाम हो। त्यो सँगै उनलाई गाऊँगाऊँका मानिसहरुले सारङ्गीबादकको रुपमा चिन्छन्। बैंशमा उनी सारङ्गी बोकेर धेरै गाऊँ चहारेका छन्। धेरै गाऊँका भाकाहरुलाई उनले प्रचार गरेका छन्। खासगरि ‘फूलको बासना’, ‘धान झुलेको छ’ जस्ता चर्चित गीतहरु उनैले लय भरेका गीतहरु हुन्। लालबहादुरको उपचारको लागि सहयोग गरिदिन उनको परिवारले सबैसमक्ष अपिल समेत गरेको छ।

Post a Comment

 
Top