0
गोल्डेन न्यूज संवाददाता
सातौं राष्ट्रिय टेनिस प्रतियोगिताको उपाधिका लागि नेपालका शीर्ष बरियताका खेलाडीहरु नै भिड्ने भएका छन् । पुरुष एकलतर्फ नेपालका शीर्ष बरियता प्राप्त खेलाडी कमल भण्डारी र दोश्रो बरियताका संरक्षक भूषण बज्राचार्य फाइनल पुगेका छन् । त्यस्तै महिलातर्फ शीर्ष बरियताका मायिका राणा र दोश्रो नम्बरमा रहेकी मायांका राणा स्वर्ण पदकका लागि खेल्ने प्रतियोगिताका प्रमुख निर्णायक सूर्यभूषण बज्राचार्यले जानकारी दिए ।  नेपाल पुलिस क्लवबाट कोर्टमा उत्रिएका कमलले पश्चिमाञ्चलका नविन मगरलाई ६–४, ६–२ ले तथा आर्मीका संरक्षकले पश्चिमाञ्चलकै कुमार अधिकारीलाई ६–१, ६–१ ले पराजित गर्दै अन्तिम दुईमा आफ्नों नाम लेखाएका हुन् । मेन्स डबल्सतर्फ पश्चिमाञ्चलका कुमार अधिकारी र अनिल शाहिको जोडीले एपीएफका श्रीराम मगर र सन्तोष खत्रिको जोडीसंग उपाधी भिडन्त गर्नेछन् । सेमिफाइनलमा कुमार जोडिले  पुलिसका कमल भण्डारी र राजु श्रेष्ठको चुनौती ७–५ र ६–२ को सेटमा पन्छ्याए ।  त्यस्तै श्रीराम जोडीले मध्य पश्चिमाञ्चलका हिमाल शाह र प्रदिप शाहको जोडीमाथि ६–२, ६–२ को नतिजा निकाले । उमन्स डबल्सतर्फ स्वर्णका लागि नेपालका शीर्ष बरियता र दोश्रो बरियता प्राप्त जोडी बीच भिडन्त निश्चित भएको छ । पोखरा रंगशालामा मंगलबार भएको सेमिफाइनलमा शीर्ष वरियताका मायिका र मायांकाको जोडीले एनि माथेमा र क्याथे माथेमाको जोडीलाई ६–४, ६–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाए । राणाको जोडी नेपाल पुलिसबाट तथा माथेमा जोडी एपीएफबाट कोर्ट उत्रिएका छन् । यी दुवै जोडी जुम्लिया दिदी बहिनीको हो ।अर्को सेमिफाइनलमा आर्मीका आइरा एम रावत र अभिलाषा विष्टको जोडीले एपीएफका बिजिसा श्रेष्ठ र विभुती कार्कीको जोडीलाई ६–४, ६–२ ले नै पराजित गर्दै फाइनलमा स्थान सुरक्षित पारे । प्रतियोगिताको फाइनल खेल बुधबार हुने प्रतियोगिता संयोजक नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले जानकारी दिए ।


Post a Comment

 
Top