0
युनाइटेड क्लवले कास्कीको लेखनाथ–१० स्थित रुपातालबेसीमा रहेको रुपावेशी माविलाई छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि ५० हजार प्रदान गरेको छ । क्लवको शिक्षा विभाग अन्तर्गतको कार्यक्रम अनुसार रुपावेशी माविलाई गरिव तथा जेहेन्दार विद्यार्थी छात्रबृत्ति अक्षयकोष स्थापनाका लागि ५० हजार रुपैयाँ प्रदान गरेको हो । मंगलबार विद्यालयको ३६आंै वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथीका रुपमा पुगेका युनाइटेड क्लवका अध्यक्ष शुकबहादुर गुरुङ, क्लवका द्वितीय उपाध्यक्ष लोकबहादुर थापा र क्लवका कार्यसमिति सदस्य दिनेश सुनारले अक्षयकोषका लागि ५० हजार रुपैयाँ विद्यालयका प्रध्यानाध्यापक मनिराम कंडेल, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार गुरुङलाई हस्तान्तरण गरेका हुन । युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले युनाइटेड क्लवले स्थापना कालदेखिनै पोखरा महोत्सवको अयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पोखरामा नयाँ पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणको काममा रकम खर्च गर्दै आइरहेको वताए ।  शिक्षा कार्यक्रम अन्तर्गत रुपाज्योती माविमा अध्ययनरत गरिब तथा जेहेन्दार छात्रछात्रालाई लक्षित गरी अक्षयकोष स्थापना गर्न आफ्नो क्लवले सहयोग गरेको र यो सहयोगलाई सदुपयोग गरिदिन आग्रह गर्दै आगामी पुस २९ देखि माघ १० गतेसम्म पोखराको अमरसिंह चौरमा हुने सातांै पोखरा महोत्सवमा आउनका लागि निमन्त्रणा समेत गरे । सो समारोहमा वोल्दै विद्यालयका प्रध्यानाध्यापक मनिराम कंडेलले युनाइटेड क्लवले आफ्नो विद्यालयमा छात्रबृत्ति कोष स्थापना गरेर गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा थप टेवा पुग्ने काम गरेकोमा धन्यवाद ब्यक्त गरे । रकम हस्तान्तरण समारोहमा युनाइटेड क्लवका द्वितीय उपाध्यक्ष लोक बहादुर थापा र कार्यसमिति सदस्य दिनेश सुनारको समेत उपस्थिति रहेको थियो । सो समारोहमा विद्यालयको अक्षयकोषदाता देविदत्त तिवारी, अमरसिद्ध माविका प्रध्यानाध्यापक विष्णु प्रसाद पौडेल, अरुण ज्योती माविका प्रध्यानाध्यापक राजेन्द्र प्रसाद पौडेल, विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष क्याप्टेन आश बहादुर गुरुङ लगायतले वोलेका थिए ।

Post a Comment

 
Top