0
नेपाल सरकारका वाणिज्य मन्त्री रोमी गौचन थकालीले सरकार निर्वाचन गराउन दृढ संकल्पका साथ अघि बढेको वताएका छन्। भुजेल समाज सेवा समितिको छैठौं राष्ट्रिय महाधिवेशनको पोखरामा उद्घाटन गर्दै उनले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन अपहरिहार्य भएकोले शुरुमा स्थानीय तहको निर्वाचन गराउन सरकार लागेको स्पष्ट पारे । स्थानीय तहको निर्वाचनले गाउँपालिका र नगरपालिकालाई अधिकारसम्पन्न बनाउने भन्दै मन्त्री थकालीले यो तहको निर्वाचन भएपछि सिंहदरवारको अधिकारलाई गाउँ तथा नगरपालिकामा पु¥याउन सक्ने विश्वास व्यक्त गरे ।  अधिकार र पहिचानको माग गर्दा विखण्डन हुन्छ भन्नु गलत सोंच भएका भन्दै मन्त्री थकालीले जनजातीहरुले प्राप्त गरेको अस्तित्व, पहिचान र अधिकारले राष्ट्रिय एकता मजवूत हुने विश्वास व्यक्त गरे । समाजका केन्द्रीय अध्यक्ष सूर्य वहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नगेन्द्र कुमाल, महासंघका महासचिव पेम्वा भोटे र शम्भु घर्ती लगायतले आ–आफ्नो भनाइ राखेका थिए । दुई दिनसम्म चल्ने महाधिवेशनमा ५० जिल्लाका करीव ५ सय ५० जना प्रतिनिधिहरु सहभागी छन् । कार्यक्रम अघि पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकवाट शुरु भएको ¥याली नगर परिक्रमा पछि पोखरा सभागृहमा पुगेर सभामा परिणत भएको थियो । महाधिवेशनले नयाँ कार्य समिति पनि चयन गर्नेछ ।







Post a Comment

 
Top