0
गोल्डेन न्यूज संवाददाता
पोखराको सेन्टरपोइन्ट लेकसाइडमा तीन वर्ष अघि अमेरिकी ब्राण्डको बास्कीन रोविन्स आइसक्रिम बेच्दै आएको बुद्ध आई इन्टरनेशलनले बिहीबारदेखि न्यूरोड र लेकसाइडको फुट ट्रयाकमा दुई नयाँ आउटलेट संचालनमा ल्याएको छ । पर्यटकीय नगरी पोखरामा अधिकांश पर्यटकले बास्कीन रोविन्स आइसक्रिमको स्वाद लिन नपाएको गुनासोलाई मध्यनजर गर्दै बुद्ध आई इन्टरनेशनले सो ब्राण्डको आइसक्रिमलाई पोखरा भित्र्याएको  म्यानेजिङ डाइरेक्टर ओम उपाध्यायले जानकारी दिए । ३१ वटा फेलेवर रहेको आइसक्रिममा विशेष गरी पर्यटकहरुले कटन क्याण्डी, ब्लु बेरी, बटर स्क्रच, ब्लाक करेन्ट, फ्रुट ओभरलोड लगायतको स्वादलाई बढि मन पराउने गरेको उनले बताए । आईसक्रिमको स्क्रुप मात्र नभई विभिन्न भेराइटिको मिश्रण गरी म्याङगो ट्याङगो, सन डे, मिल्क सेक, आइसक्रिम सोडा, आइसक्रिम प्लोड, आइसक्रिम फ्रिज, स्मुधि, लगायतका आइटमहरु उपलब्ध छन् भने आइसक्रमिको मूल्य १ सय ३० देखि ४ सय २० रुपैयाँसम्म रहेको उपाध्यायले जानकारी दिए ।



Post a Comment

 
Top