0
नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस समितिको अध्यक्षमा ध्रुव रानामगर सर्वसम्मत चयन भएका छन्। रानामगर यसअघि, समितिको उपाध्यक्ष थिए।  बिहीबार सम्पन्न १९ औं क्याम्पस अधिवेशनबाट उपाध्यक्षमा रूपा रानामगर, सचिवमा निशा पुर्जामगर, सह–सचिवमा राजीव थापामगर र कोषाध्यक्षमा संगीता घर्तीमगर सर्वसम्मत चयन भएका छन् । त्यसैगरी, सदस्यहरूमा लालकुमारी पुनमगर, पुनिकला घर्तीमगर, निशा रानामगर, सुरज थापामगर, निशान तिलिजा पुनमगर, सरस्वती रानामगर, प्रिती थापामगर, अभिषा थापामगर, आशा रानामगर, लीला बुढामगर, सुस्मिता थापामगर, प्रेमकुमारी थापामगर, उमा राम्जाली मगर र आरती बुढाथोकीमगर रहेका छन् ।  नेपाल मगर विद्यार्थी संघका महासचिव गोमबहादुर रानामगर अध्यक्ष, केन्द्रीय प्रचार सचिव फरेन्द्र थापामगर र गण्डकी अञ्चल समितिका सल्लाहकार प्रेम रोकामगर सदस्य रहेको निर्वाचन मण्डलले सम्पूर्ण निर्वाचन प्रक्रिया सम्पन्न गरेको हो । नवनिर्वाचित नेतृत्वलाई नेपाल मगर पत्रकार संघका उपमहासचिव रूद्रबहादुर श्रीसमगर, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका केन्द्रीय सदस्य विवेक थापामगर, नेपाल मगर विद्यार्थी संघ गण्डकी अञ्चल समितिका उपाध्यक्ष नेत्र घर्तीमगर र पृथ्वीनारायण क्याम्पसका निवर्तमान अध्यक्ष निशा घर्तीमगरले बधाई एवं शुभकामना दिएका थिए ।  यसअघि अधिवेशनको उद्घाटन गर्दै संघका महासचिव गोमबहादुर रानामगरले केही ठूला भनिएका दलका नेताहरू परिवर्तनलाई संस्थागत गर्न नदिने षड्यन्त्रमा लागेको जिकिर गरे । ‘केही ठूला भनिएका दलका नेताहरू परिवर्तनलाई तुहाउने षड्यन्त्रमा लागेका छन्’, रानामगरले भने– ‘संघीयताविरुद्ध आएका पछिल्ला अभिव्यक्ति त्यसैका संकेत हुन्।’ मगर जातिलगायतका आदिवासी जनजातिलाई राज्यले सदियौंदेखि विभेदमा पारेको भन्दै रानामगरले समानुपातिक समावेशी प्रतिनिधित्व नभएसम्म देशको समृद्धि हुन नसक्ने उल्लेख गरे ।





Post a Comment

 
Top