0
गोल्डेन न्यूज संवाददाता
चीनको स्वशासित क्षेत्र तिब्बत सरकारको सहयोगमा पोखरामा सोलार लाइटले झिलिमिलि हुने भएको छ। तिब्बतको सहयोगमा पोखरा उपमहानगरपालिकालाई १ हजार थान सौर्य उर्जाबाट चल्ने बत्ती (सोलार लाइट) जडान गर्न लागेको हो। करिब १५ करोड मूल्यका सोलार लाइट पोखराको प्रवेशद्धार विजयपुरदेखि हल्लनचोकसम्म र अन्य ठाउँमा जडान गरिने छ। विजयपुरदेखि हल्लनचोकसम्मका लागि ४ सय ७६ वटा सोलार लाइट जडान गरिने पोखरा उपमहानगर पालिका इन्जिनियर धुब भट्टराईले जानकारी दिए। उनले हल्लनचोक देखि जिरो किलोमिटर सम्म सडकको विचमा सोलार लाईट दुई तर्फ र्फकाएर राखिने बताए। त्यसै गरि जिरो किलोमिटर देखि विजयपुर सम्म सडकको दुबै तर्फ गरि ४ सय वटा सोलार लाईट जडान गरिने बताए। पृथ्वीचोक देखि विरौटाचोक सम्म सडकको दुई तर्फका लागि २ सय, हरियो र्खक क्षेत्रका लागि १ सय र अन्य बाँकि उपयुक्त ठाउँ हेरेर जडान गरिने उनको भनाई छ। बाँकि रहेका २ सय २४ वटा सोलार लाईट विन्ध्यबासीनि मन्दिर अन्य ठाउँमा जडान गर्ने लक्ष्य रहको भट्टराई बताए। उनले जडाकालागि पोल गाड्न खाल्टो खन्ने काम भई रहेको बताउदै तीन महिना भित्र जडान गरिसक्ने लक्ष्य रहेको बताए। उनले सोलार लाइट, व्यटि र पोल भन्सार सम्म आइपुगेको बताए। पोखरा उपमहानगरपालिकासँग भगिनी सम्बन्ध रहेको तिब्बतको लिञ्जी सहरको अनुरोधमा तिब्बत सरकारले सौर्य बत्ती परियोजनामा सहयोग गरेको हो।

Post a Comment

 
Top