0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राष्टू जोगाउने चिन्ता काँग्रेसमाथि आइपरेको बताउनुभएको छ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक सङ्घको पश्चिमाञ्चलस्तरीय क्षेत्रीय भेला एवम् अधिवेशनको आज यहाँ उद्घाटन गर्दै राष्टू र लोकतन्त्रप्रति नै षड्यन्त्र भइरहेकाले यी दुवैको अस्तित्व जोगाउने जिम्मा काँग्रेसको काँधमा आएको छ भन्नुभयो । वरिष्ठ नेता पौडेलले वामपन्थी र दरबारियाहरूले धेरै भ्रम फिँजाए पनि नेपाली काँग्रेस भने राष्टिूयता र प्रजातन्त्रको आदर्शमा अटुट रूपमा अघि बढेको विचार व्यक्त गर्दै असल चरित्र, संस्कार र धर्मको बाटोमा अघि बढे काँग्रेसलाई कहिल्यै पनि कसैले पराजित गर्न नसक्ने दृढता व्यक्त गर्नुभयो । मधेसवादी दलहरूको असन्तुष्टिलाई मिलाएर लैजाने चिन्ता पनि काँग्रेसमा रहेको बताउँदै उहाँले राष्टू र जनताको सेवकका रूपमा काम गर्न पशु स्वास्थ्य सेवाका प्राविधिकलाई निर्देशन पनि दिनुभयो । वरिष्ठ नेता पौडेलले कर्मचारीको पेसागत हकहितका लागि काँग्रेस सधँै साथमा रहने बताउँदै देशमा कृषि र पशुपालन क्षेत्रमा अपार सम्भावना रहेको धारणा व्यक्त गर्नुभयो । धेरै युवा विदेशबाट सिकेको सीप र ज्ञान प्रयोग गर्दै व्यावसायिक रूपमा यस क्षेत्रमा लागेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा सांसद शारदा पौडेल र बद्री पाण्डेले पशु प्राविधिकले जनताको घरघरमा गई उनीहरूको आर्थिक उन्नति गराउन बढी अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । सङ्घका पश्चिमान्चल संयोजक प्रताप पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रीय महासचिव सुरेश श्रेष्ठ र सल्लाहकार हिमालय बख्रेललगायतले पशु स्वास्थ्य सेवाका समस्या र चुनौतीको विविध पक्ष माथि प्रकाश पार्नुभयो । रासस


Post a Comment

 
Top