0
पोखरा प्राकृतिक रुपले धनी छ । यहाँका सुन्दर ताल, हिमाल, गुफा, शान्त वातावरण लगायतका प्राकृतिक छटाले जो कोहीलाई पनि सजिलै आर्कषण गर्दछ । यस्ता प्राकृतिक दृश्यमा रमाउन स्वदेशी तथा विदेशी पर्यटकको भिँड दैनिक जसो पोखरामा हुन्छ । यसरी पोखरा आइपुग्ने आन्तरिक तथा बाह्रय पर्यटकलाई थप आर्कषण गर्न विभिन्न कार्यक्रमको आयोजना हुन्छ । विदेशी पर्यटकलाई लक्षित गरेर सुरु गरिएका केहि कार्यक्रमले आन्तरिक पर्यटकलाई झनै बढी आर्कषण गरेको छ । विदेशीलाई मात्र स्वदेशीलाई समेत आर्कषित गर्न सफल भएको छ अंगे्रजी नयाँ वर्ष विशेष कार्यक्रम । त्यसैले त अंग्रेजी नयाँ वर्ष २०१७ को स्वागत गर्न पोखरा यतिबेला आतुर छ । नयाँ वर्ष मनाउन पोखरा आउने आन्तरिक तथा बाह््य पर्यटकलाई आर्कषित गर्न यो पटक पनि विभिन्न कार्यक्रम पोखरामा आयोजना हुँदैछन् । यस्ता कार्यक्रममा सहभागी हुन आन्तरिक तथा बाह्रय पर्यटक पोखरा आइ पुगेका छन् । आउनेक्रम झन बढ्दै छ । ४ लाख ५० हजार पर्यटक पोखराको लेकसाइडमा आयोजित नयाँ वर्ष विशेष कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको पर्यटन व्यवसायी गोपीबहादुर भट्टराइले बताउँछन् । नयाँ वर्ष मनाउन नेपालका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक पोखरा आउने गरेका छन् । लेकसाइडमा आसपासमा रहेका ठुला तथा साना होटलको अकुपेन्सी ८० प्रतिशत नाघिसकेको छ । मुख्य पर्यटकिय क्षेत्र लेकसाइड झिलिमिलि छ । क्रिसमसबाटनै झकिझकाउ बनेको लेकसाइड नयाँ वर्षको मुख्य दिन नजिकिदै गर्दा थप उज्यालो बनेको हो । यसपालीको नयाँ वर्षलाई लक्षित गरेर पोखरामा रहेका तारे होटल तथा रेष्टुरेन्टले विभिन्न कार्यक्रम गर्दैछन् ।  पोखराका सम्पुर्ण तारे होटलमा गाला डिनर पार्टी हुनेछ । डिनर पार्टीमा सहभागी हुन पाँच हजार रुपैँयाको टिकट काट्नु पर्ने हुन्छ । डान्स, फेसन सो, साँस्कृतिक कार्यक्रमको साथमा मदिराको साथमा बुफे डिनर र स्न्याक्स खाँदै उनीहरु रमाउन पाउँनेछन् ।  शनिबार राती पोखराको होटल फुलवारी रिर्सोटमा अभय एण्ड द स्टिम इन्जन्सको प्रस्तुती सँगै  दर्शक झुम्न पाउनेछन् । माउन्ट कैलाश रिर्सोट लेकसाइडमा कालि प्रसाद बाँसकोटाको लाइभ म्युजिक, कल्चरल डान्स र डिजे छेवाङको डिजे सेसन नयाँ वर्षको आर्कषण रहनेछन् ।  लेकसाइड खहरे रहेको औरोरा ब्रोयल्समा अल्बाटोस व्याण्डको साथमा डिजे किच्चाले मनोरञ्जन दिनेछन् ।





लेकसाइडमा रहेको क्लव ओजनमा डिजे कान्छी, डिजे मिगुल, डिजे रस, भिडियो डिजे लामाको प्रस्तुतीमा नयाँ वर्षको स्वागत गरिनेछ । पोखराको प्यालराडाइज स्पोर्टबारले नयाँ वर्षको अवसरमा विशेष पार्टीको आयोजना गरेको छ । ओजन रेष्टुरेन्ट एण्ड लाउञ्ज बारमा फेसन नाइट हुनेछ । पोखरामा १८ औँ सडक महोत्सव चलिरहेको छ । बुधबारबाट शुरु भएको महोत्सव आइतबार सम्म चल्नेछ । सडक महोत्सवमा शुक्रबार र शनिबारको कार्यक्रमलाई भव्य बनाउन खोजिदै छ । महोत्सवमा शुक्रबार राती सविन राई एण्ड सेरो, पोखरेली समुह डिर्मस, सुपरफज व्याण्डको प्रस्तुती रहनेछ । शनिबार प्राङ्गण, नरेन लिम्बु एण्ड अलस्टार, लाहुरे, अनुप्रस्थको प्रस्ुतती साथमा वि(वोइङ समेत रहने पप कन्र्सट कार्यक्रमका सञ्चालक सञ्जु सुनारले जनाए । आइतबार युकेको नेपाली व्याण्ड आरके स्क्वाइर र राजु लामाको प्रस्तुती मुख्य आर्कषण हुनेछ । यसैगरी पोखरामा रहेका अक्सिजन लाउञ्ज बार, आइरिस पव, इमोन्स क्याफे, सुगरक्यान, जोब्रा, फ्रिडम क्याफे, मधुशाला, विजिवि, त्रिसरा, वन लव, नेगबोरहुड,  ओरेन्ज हाउस, राइस वुल, लगायतमा विभिन्न कलाकारको साथमा लाइभ म्युजिकको मज्जा लिदैँ नयाँ वर्षलाई स्वागत गर्न पाइनेछ ।  रंगिला डान्सबार, क्लव ९९ डान्स बार, देसिबार, परदेशी, ताजमहल,, टकिला, बलिउड, स्काइ प्यालेस, मार्कुस, एक्सबार, रोयल गोरखा प्यालेस एण्ड डान्सबारले डान्सबारमा रम्नेहरलाई मनोरञ्जनका कार्यक्रम राखेका छन् । पोखरामा रहेका मेलोडी क्याफे, सेन्टरपोइन्ट र ओपन हाउस गजल साँझमा नयाँ वर्षमा ग्राहलाइई थप मनोरञ्जन प्रदान गरिने तयारी छ ।   रिमझिम, पोखरा दौतरी, हाम्रो, विसौनी, गाउँशहर, न्यु रुपाहिल, सात ताल, शिखर, फेवा, निरमाया, मान्द्रो, सुनाभागा, भञ्ज्याङ, वर(पिपल, गोधुली, चौतारी लगायतका दोहोरी साँझमा समेत नयाँ वर्षको अवसरमा विशेष कार्यक्रम हुदैछन् ।  अंग्रेजी नयाँ वर्ष मनाउन पोखरा आउने आन्तरिक तथा बाह्रय पर्यटकको संख्यामा वृद्धि हुदै गएको पर्यटन व्यवासायी सुर्यबहादुर भुजेलले बताए । नयाँ वर्षको अवसरमा यहाँका व्यवसायीले रेष्टुरेन्टको नियमित मेनुमा १५ प्रतिशत सम्म र होटलमा २० प्रतिशत सम्म छुटको व्यवस्था गरेको रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङ्गले जनाए ।  त्यसो त पोखरामा नेपाली नयाँ वर्षको अवसरमा विभिन्न कार्यक्रमको आयोजना हुन्छ । तर नेपाली नयाँ वर्षको स्वागत भन्दा अंग्रेजी नयाँ वर्षको स्वागत भव्य हुन्छ । सहभागी हुनेको संख्या अत्याधिक हुन्छ ।

Post a Comment

 
Top