0
गोल्डेन न्यूज संवाददाता
पूर्वाञ्चलमा पुष ७ गते देखि आयोजना हुने साँतौ राष्ट्रिय खेलकुदका लागि नाम छनौट भएर खेल्न तयारी गरि सक्दा समेत अन्तिम समयमा लिष्टमा नै छैन भन्ने सुन्दा खेलाडी कति मर्महात हुन्छ सायद यसको पीडा खेलाडीलाई नै थाहा होला । ति खेलाडी हुन अतिथि शाही । उनी ज्ञानकुञ्जमा कक्षा ९ मा अध्ययन गर्छिन । उनको प्रिय खेल हक्की हो । लामो समय देखि पश्चिमाञ्चल बाट खेल्न उनी अभ्यासरत थिइन । उनको नाम छनौट पनि भयो ।
पत्रपत्रिकामा नाम समेत आयो । गाउँलेहरु छर छिमेकीले घरमै आएर बधाइ दिए । विद्यालयले वधाई पनि प्रकाशित ग¥यो । तर विद्यालयमा विदा मिलान गर्न पठाइएको पत्रमा उनको ना टिपेक्सले मेटाइायो । त्यति मात्र भएन अभिभावकहरु यस बारे वुभ्mन खेलकुद परिषदमा पुगे । अभिभावकको चित्त वुझाउन टिममा राख्ने कुरा भयो । तर यति बेला अन्तिम लिस्टमा उनको नाम परेको छैन । उनको विदा विद्यालयले स्वीकृत गरेको छैन । विदा स्वीकृतका लागि पठाएको पत्रमा अतिथिको नाम टिपेक्सले मेटाइएको छ । छनौटमा परेका १६ जनाले मात्र परिषद्ले तोकेको सुविधा पाउँछन । न त अब उनले कुनै भत्ता पाउँछिन न त खेलाडीले लगाउने युनिफर्म । हक्कीका प्रशिक्षक राजेन्द्र पाठक यति बेला अभिभावकको चित्त वुझाउन मात्र उनलाई पूर्वाञ्चलमा लैजाने कुरा गर्दैछन । पाठक भन्छन‘म मिलाउँछु जे भयो गल्ती भयो ।’
 
उनले १६ जनाको भत्तालाई काटेर अतिथिलाई दिने सोच बनाएको परिषदका प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीले बताए। परिषदको लिस्टमा आधिकारिक रुपमा खेलाडी दर्ता नगरी दवावको भरमा लैजान्छु भन्नु मान्छेलाई उल्लु वनाउनु बाहेक के होला ? अतिथिको नाम काटिनुमा अरु केही नभएर खेलकुदमा नातावादको उपज रहेको धेरैको कथन छ । २१आंै शताव्दीमा पनि खेलकुदमा पञ्चेशैली हावी हुनु दुःखद् रहेको उनको अभिभावको ठम्याइ छ । ‘हामी त सोझा मान्छे अव फेरी खेलकुदमा जानै पर्ने भयो कुरा गर्न’–उनका वुवा राम शाहीले भने । प्रमुख प्रशिक्षक पाठकको भनाईलाइै मान्ने हो भने पनि यो खेलकुदमा अराजकता नै हो । छनौटमा परेको खेलाडीको नाम टिपेक्सले मेटाउने अनि टिममा छनौटमा नै नपरेको र दर्ता नै नभएको खेलाडीले राष्ट्रिय खेल जस्तो गौरवमयी खेल खेल्दा के होला? धेरै प्रश्न उव्जिएका छन । सवैभन्दा ठूलो कुरा खेलाडी परिषदको नियम अनुसार छनौट र दर्ता भएको मात्र हुनुपर्छ । नभएमा उ केवल दर्शक मात्र हो । के पश्चिमाञ्चल क्षेत्रीय खेलकुदले अतिथीलाई झारा टार्न दर्शक बनाएर पूर्व लैजाने तयारी गरेको त होइन यसमा गम्भीर प्रश्न उव्जिएको छ ।






Post a Comment

 
Top