0
गोल्डेन न्यूज संवाददाता
विप्लव नेतृत्वको नेकपा माओवादी स्थायी समिति सदस्य धर्मेन्द्र बाँस्तोलाले अहिलेको संविधानले जनताको अधिकार नदिने वताएका छन । एकाधिकार र पूँजीपतिले वनाएको संविधान भएकाले यो संविधानले जनताको हक अधिकार कुण्ठित गर्ने खालको भएको उनको भनाइ रहेको थियो । विप्लव नेतृत्वको नेकपा  (माओवादी) कास्की सार्दीखोला गाविसको प्रथम सम्मेलन तथा जनसभालाई संबोधन गर्दै बास्तोलाले अहिलेको सविधानल नेपाली जनताको अधिकार सम्पन संविधान नरहेको बताए। यो एकाधिकार दलाल पुँजीपतिले बनाएको संविधान भएकोले यो जनताको संविधान नरहेको बताए । शिक्षा, स्वास्थ लगायतमा नेपाली जनताले निःशुल्क पाउनु पर्ने हो तर एकाधिकार दलाल पुँजीपति वर्गले बनाएको यो संविधान जनताको संविधान हुन सक्दैन,यो संविधान विदेशी विस्तारवादी र सामाज्यवादीहरुको दवावमा नेपालमा रहेका एकाधिकार दलाल पुँजीपति वर्गले बनाएको उनको भनाइ रहेको थियो । यसैको उदाहरण नेपाल सरकारले रातको १२ बजे पेट्रोलियम पद्धार्थ एक्कासीप्रति लिटर ४ रुपैयाँ बढाएको छ । यदी यो संविधान नेपाली जनताले बनाएको हो भने जनताको हित र अधिकारमा आधारित काम किन गर्दैन? जनताको खाद्य सम्प्रभुताको अधिकार, निःशुल्क शिक्षा अनि निःशुल्क स्वास्थ्यको अधिकार किन कार्यान्वयन हुदैन? उनको प्रश्न थियो । उनले एकाधिकार दलाल पुँजीपति वर्गले बनाएको सविधानले नेपाली जनताको अधिकारको गारेन्टी नहुने भएकाले आफ्नो पार्टीले एकीकृत जनक्रान्तिमार्फत जनताको अधिकार सम्पन्न मुलुक बनाउनको निम्ति पार्टी लागि परेको बताए ।  सार्दीखोला गाविसका अग्रज कम्युनिष्ट नेता युवराज बाँस्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा गण्डक व्युरो प्रमुख सावित्रा दुरा (आस्था) पश्चिम कमाण्ड प्रमुख सुजन बिक लगायतले कार्यक्रमलाई संवोधन गरेका थिए । कार्यक्रममा चुनु शिल्पा जन सांस्कृतिक परिवार गण्डकका कलाकारहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।






Post a Comment

 
Top