0
गोल्डेन न्यूज संवाददाता
व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले निर्वाचन क्षेत्र विकास कार्यक्रम र क्षेत्र विकास पूर्वाधार कार्यक्रमअन्तर्गत तीन करोड ५० लाख रुपैयाँको ४७ वटा योजना सोमबार पोखरामा सार्वजनिक गरेका छन्। कास्की जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद अधिकारीले पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा विगतका कार्यक्रमको समीक्षा र आव २०७३÷७४ विकास कोषको योजना एवम् विनियोजित रकम सार्वजनिक गरेका हुन् । सार्वजनिक योजनामध्ये निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रु तीन करोड रकममध्ये फेवाताल संरक्षणका लागि ५० हजार रुपैयाँ छुट्याएको जानकारी दिँदै उनले पोखरा उप–महानगरपालिकाबाट ५० हजार रुपैयाँ र विभिन्न सङ्घ–संस्थाबाट रु ५० हजार गरी कुल एक करोड ५० लाख रुपैयाँको लागतमा जलकुम्भी झार व्यवस्थापनका लागि आधुनिक उपकरण खरिद गर्ने जानकारी दिए। त्यसैगरी निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत कास्की र स्याङ्जा जिल्लाको सिमानास्थित साल्मे डाँडामा गोर्खा भूतपूर्व सैनिकद्वारा निर्माणाधीन गोर्खा स्मारकका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
क्षेत्रगत रूपमा विभिन्न चरणमा छलफल एवम् प्राविधिक सहयोग र विवादरहित उपभोक्ता समितिका आधारमा योजना छनोट गरिएको भन्दै उनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा २५ वटा र क्षेत्र विकास कार्यक्रम अन्तर्गत २२ वटा योजना रहेका बताए । यसैगरी नगरपालिकामा थप भएका वडालाई प्राथमिकता दिइएको, सडक नाला निर्माण १३ वटा योजनाका लागि रु एक करोड ३७ लाख, खानेपानीतर्पm पाँच योजनाका लागि ५० लाख रुपैयाँ र छवटा भवन निर्माणका लागि रु ६३ लाख विनियोजन गरिएको छ ।






Post a Comment

 
Top