0
गोल्डेन न्यूज संवाददाता
पूर्वाञ्चलमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पश्चिमाञ्चल स्तरीय क्षेत्रीय छनोट खेलकुद प्रतियोगिता सोमबारदेखि  पोखरा रगंशालामा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालले गरे । कार्यक्रममा बोल्दै उनले खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकता दिंदै अनिर्वाय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताए। उनले भने– ‘खेलकुदलाई अनिर्वाय क्षेत्रका रुपमा अगाडि बढाउनुपर्छ । खेलकुदलाई मानवले नै विकास गरेको बताउदै खेलकुद जीवनको अभिन्न अंग बनिरहेको रहेको बताए। खेलकुदले देशलाई चिनाउने भएकाले यसमा बजेट बृद्धि गर्नुपर्ने बताए । खेलाडीले अन्तर्राष्ट्रिय खेलहरुमा विजय प्राप्त गदै नेपालको गौरव बढाउँदै देशको पहिचान र स्वाभिमानलाई माथि उठाउने काम गरेको बताए। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले खेलकुद क्षेत्रलाई राज्यले आवश्यकता अनुसारको लगानी गर्न नसकेको बताए । उनले खेलकुदमा पदक प्राप्त गर्न पूर्वाधार, प्रशिक्षण र प्रतियोगितामा ध्यान दिनुपर्नेमा जोड दिए ।  खेलाडीले आफनो अन्र्तर मनबाट देशको इज्जत र प्रतिष्ठा जोगाउन खेलेको भएपनि राज्यले उनीहरुका लागि केही गर्न नसकेको बताए । उद्घाटन खेल क्षेत्रीय अध्यक्ष खगराज पौडेलको अध्यक्षतामा भएको थियो भने संचालन पत्रकार दिपेन्द्र श्रेष्ठ र धन्यबाद ज्ञापन क्षेत्रीय कार्यालय प्रमुख लक्ष्मण योगीले गरेका थिए । प्रतियोगिता अन्र्तगत उद्घाटका अवसरमा आयोजना गरिएको १ हजार ५ सय मिटर छात्र दौडमा गुम्मीका रोहित अधिकारीले खेलमा पहिलो स्वर्णपदक जिते् । उनले ४ मिनेट २३ सेकेण्डमा  निर्धारित दुरी पार गर्दै स्वर्ण पदक जिते हुन् । पर्वतका प्रकाश कुँवरले ४ मिनेट ३३ सकेकेण्डमा दुरी पुरा गर्दै रजत पदक र बाग्लुङका चन्द्रबहादुर मल्लले ४ मिनेट ३६ सेकेण्डमा निर्धारित दुरी पार गदै कास्य पदकमा चित्त बुझाए । प्रतियोगिताका विजेता खेलाडीलाई पूवप्रधानमन्त्री झलनाथ खनाल, क्षेत्रीय अध्यक्ष खगराज पौडेल लगायतले पुरस्कार वितरण गरे । त्यस्तै फुटबलमा तनहुँ र बाग्लुङ विजयी भएका छन् । तनहुँले गुल्मीलाई २–० गोलले पराजित गर्यो भने बाग्लुङले कपिलबस्तुलाई टाइबेकरमा पराजित गरेको हो । त्यस्तै पोखरा रगंशालामा भएको क्रिकेटमा कास्कीले पर्वतलाई ९० रनले पराजित गरेको छ । अर्को खेलमा स्याङ्जाले रुपन्देहीलाई १० विकेटले पराजित गरेको छ भने नगरविकास प्रशिक्षण केन्द्रमा भएको खेलमा नवलपरासीले कपिलबस्तुलाई १०विकेटले पराजित गरेको छ । मंसिर ३० गतेसम्म संचालन हुने प्रतियोगितामा १४ खेलमा १६ जिल्लाका २४ सय ८४ खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धाँ गरेका छन । प्रतियोगितामा छात्र १६०८ र छात्रा ८ सय ७६ र अफिसियल ४५३ जना गरि २९ सय ४२ जनाको सहभागीता रहने छ । उद्घाटनका अवसरमा १६ जिल्लाका खेलाडीहरुले मार्चपास गरेका थिए । उद्घाटन पोखरामा गरिएपनि खेल भने अन्य जिल्लाहरुमा पनि संचालन हुने छन् । जसअन्तर्गत कास्कीमा फुटबल पुरुष ÷ महिला,क्रिकेट महिला÷पुरुष, एथलेटिक्स, बक्सिङ्ग,टेबलटेनिस, बास्केटबल, ह्याण्डबल र फुलकन्ट्याक्ट कराँते प्रतियोगिता संचालन हुने छन् । त्यस्तै म्याग्दीमा महिला तथा पुरुष भलिबल, कराँते प्रतियोगिताको छनोट खेल हुने छ । तेक्वान्दो तनुहँ, कवड्डी नवलपरासी,ब्याडमिन्टन गुल्मी, बृद्धिचाल पाल्पा, आईटिएफ बाग्लुङ, खोखो रुपेन्देही,उसु चितवन, भारोत्तोलन नेपालगन्ज, शुटिङ बाग्लुङमा संचालन हुने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।


Post a Comment

 
Top