0
गोल्डेन न्यूज संवाददाता
 पोखरा उपमहानगरपालिका वडा नं.२० भलाममा भारत सरकारद्वारा सहयोग प्राप्त अत्याधुनिक एम्बुलेन्स सेवा शुरुवात भएको छ । भलाम क्षेत्रमा रहेका १ सय ५० भन्दा बढी भूपूहरुको आग्रहमा भरतीय गणतन्त्र दिवसको अवसरमा नेपाली मूल्य ५५ लाख पर्ने टाटा कम्पनीको अत्याधुनिक एम्बुलेन्स गाडी तत्कालिन भलाम गा.वि.स.लाई प्रदान भएतापनि हाल भलामलाई पोखरा उप–महानगरपालिकामा गाभेपछि सो एम्बुलेन्स संचालनको सम्पूर्ण जिम्मेवारी भूपू सैनिक एम्बुलेन्स समितिमार्फत पोखराको उत्तरी भेगका बासिन्दालाई स्वास्थ्य सेवा दिन उम्बुलेन्स प्रभावकारी रहने समितिका अध्यक्ष क्या.गंगाबहादुर खत्रीले बताए । एम्बुलेन्स संचालनमा हाल पोखरा उपमहानगरपालिकाको नाउँमा दर्ता भई सम्पूर्ण खर्च व्यवस्थापन पोखरा नगरले गर्ने गरी संचालन जिम्मेवारी संचालक समितिलाई दिएको कार्यकारी अधिकृत नवराज ढुङ्गानाले बताए । पोखरामा हाल २८ वा वार्ड कार्यालय रहेतापनि नगरपालिकाको एम्बुलेन्स नरहेको अवस्थामा भलाममा एम्बुलेन्स सेवा शुरु हुनु सकारात्मक सेवामूलक कार्य भएको कार्यकारी ढुङ्गानाले बताए । सो एम्बुलेन्स तथा स्थानीय बाट निर्माण गरिएको ग्यारेजको कार्यकारी अधिकृत ढुङ्गानाले उद्घाटन गरेका थिए ।  नेपाल भारत मैत्री संघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा एम्बुलेन्स संचालन समितिका अध्यक्ष क्या.गंगाबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा भलाम गाविसका पूर्व अध्यक्ष चेत बहादुर गौतम, वडा नं.२० का सचिव गंगा खड्का, भलाम देउराली टोल विकास संस्थाका सचिव चेतबहादुर खत्री, पूर्व वडा अध्यक्ष लोक बहादुर खत्री, श्रृंखला क्लवका पूर्व अध्यक्ष निर्मल खत्री, महेन्द्र मावि भलाका प्राचार्य विष्णु बहादुर खत्री, समाजसेवी विश्वराज पौडेल, एमाल वडा अध्यक्ष सुशील बस्नेत, नेपाली काँग्रेस गाउँ इकाई सभापति सूर्यबहादुर थापा, डाडागाउँ टोल सुधार समितिका अध्यक्ष क्या.चोकबहादुर गुरुङ्ग, तोरण बहादुर गुरुङ्ग लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा एम्बुलेन्स ग्यारेज निर्माणमा सहयोग गर्ने व्यक्ति तथा संघ–संस्थाहरुलाई सम्मान गरिएको थियो ।





Post a Comment

 
Top