0
ट्रकको ठक्करबाट आइतबार मृत्यु भएका पोखरा खाल्टे मसिनाका असिम गुरुङका परिवार र आफन्तले दोषीलाई कारवाहीको माग गर्दै पोखरामा सोमबार एक घण्टा चक्काजाम गराएका छन् । ठक्कर दिने ट्रकका चालकलाई प्रहरीले पक्रन नसकेको र बार्ताका क्रममा पनि प्रसासनले खासै चासो नदिएको भन्दै उनीहरुले एक घन्टा चक्काजाम गर्दै नाराबाजी गरेका हुन् । पोखराको महेन्द्रपुलमा चक्काजाम गराउदै हिडेका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ । पक्राउ पर्नेमा सन्तोश गुरुङ, रबिन तामाङ, उदय गुरुङ र साजन गुरुङ रहेका छन् । मृतक गुरुङका परिवार र आफन्तले दोषीलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि सोमबार धर्ना दिएका छन् ।मृतक असिम गुरुङका आफन्त र प्रशासन बिच सोमबार भएको वार्तामा पनि कुनै निष्कर्ष निस्कन नसकेको बार्तामा सहभागी आफन्त बैन बहादुर गुरुङले बताए । ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिएर तत्काल कारबाही अगाडि नबढाईए आफूहरु अझ कडा आन्दोलनमा उत्रने उनले बताए । पोखरामा आइतबार ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार माझठाना ४ बित्यानी स्थायी घर भई हाल पोखरा खाल्टे मसिना बस्ने बर्ष १९ का अशिम गुरुङको ज्यान गएको थियो । ठक्कर दिने ट्रक र सवारी धनिलाई नियन्त्रणमा लिएपनि चालक अझै फरार रहेको प्रहरीले जनाएको छ । खोटाङ घर भएका ट्रक चालक हेम मगरको खोजी भइरहेको प्रहरीले बताएको छ ।






Post a Comment

 
Top