0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय निजि तथा आवासिय विद्यालय एसोसियसन नेपाल, कास्की (एन प्याब्सान) को आयोजना गरेको ११ औ एन प्याब्सान खेलकुद महोत्सव शुक्रबार समापन हुदैछ। महोत्सवमा भएको छात्र–छात्रा बास्केटबलको उपाधि कास्की मोडनाइज्ड एकेडेमीले जितेको छ। बिहीबार भएको फाईन खेलमा छात्र तर्फ अक्सफोर्ड स्कूल र छात्रा तर्फ न्यू ग्यालेक्सी माविलाई हराउदै कास्की मोडनाइज्डले उपाधि हात पारेको हो। टिटि एकल छात्र तर्फ कास्की मोर्डनाइज्ड एकेडेमीका रोसन घर्तीमगर प्रथम, हावर्ड एकेडेमीका विकल पुन द्वितीय र पुष्पसदन एकेडेमीका सञ्जीत चौधरी तथा सिद्धार्थ लवडेलका अर्जुन ढुङ्गेल तृतीय भएका छन्।  छात्रातर्फ गोर्खा बोर्डिङ स्कूलकी सबिना गौतम प्रथम, कास्की मोर्डनाइज्ड एकेडेमीकी जसना गुरुङ द्वितीय र फेवा बोर्डिङ स्कूलकी सन्तोषी पहारी तथा न्यू ग्यालेक्सी माविकी श्रीसुना कतिला तृतीय भएका छन्। भलिबल छात्र तर्फ सनराइज प्रिपाराटोरी, एकेडेमी, विरेन्द्र मेमोरीयल, हेम्जा बोर्डिङ स्कूल विजयी भएका छन्। छात्रा भलिबल तर्फ लिटिल फ्लावर, गोर्खा स्कूल, सिद्धिविनायक, सनराईज, ज्ञानज्योति, सनराईज, कास्की मोडनाइज्ड विजय भएका छन्। फुटबल छात्र तर्फ अक्सफोर्ड स्कूलले पुष्पसदन एकेडेमीलाई २–१ र मर्निङग्लोरीलेल कान्तिपुर एकेडेमीलाई २–१ ले पराजित ग¥यो। पुष्पसदन र मर्निङग्लोरी बीच शुक्रबार फाईन खेल हुने छ। फुटबल छात्रा तर्फ पुष्पसदनले हेम्जा बोर्डिङ स्कूललाई टाईब्रेकरमा २–१ ले र कास्की मोर्डनाइज्ड एकेडेमीले गोर्खा बोर्डिङ स्कूललाइृ २–०ले पराजित ग¥यो। पुष्पसदन र कास्की मोर्डनाइज्डको फाईनल खेल शुक्रबार हुने छ। ह्याण्डबल छात्रतर्फ ल चिल्ड्रेन्स एकेडेमी, कास्की मोर्डनाइज्ड, कान्तिपुर र ज्ञानज्योति विद्याकुञ्ज विजयी भए।

Post a Comment

 
Top