0
गोल्डेन न्यूज संवाददाता
बुद्ध विशालबजार व्यापारिक एशोसिएसन पोखराको १८औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष प्रपिदकुमार मुल्मीको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्र बहादुर प्रजूले विभिन्न व्यापरिक संस्था र संघबीच सहकार्य हुनुपर्ने बताए। ‘व्यवसायीको समस्या समाधानमा संघ सधैै तत्पर छ,’ उनले भने । त्यसैगरी बिशेष अतिथि मानव अधिकार पत्रकार संघका अध्यक्ष राजेश पराजुलीले बुद्ध विशालबजार व्यापारिक एशोसिएशन वि.स.२०५६ सालमा स्थापना गरी व्यवसायीक हकहितमा बिगतमा सचिव रहेर कार्य गरेको स्मरण गरेका थिए । कार्यक्रममा व्यापारिक एशोसिएशनमा आवद्ध व्यवसायीका छोराछोरीमध्ये २०७२ को एस.एल.सी तथा १२ कक्षा उत्तीर्ण छात्र–छात्रलाई सम्मान गरिएको थियो । उक्त अवसरमा पुराना व्यवसायी श्यामकुमार श्रेष्ठ, ईन्द्रराज अर्याल, गोविन्द दाहाल, तारादेवी सिग्देल तथा संस्थाका निर्वतमान अध्यक्ष बलराम गौतम, पूर्व कार्यसमिति सहसचिव ठाकुरप्रसाद सिग्देल लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष प्रपिदकुमार मुल्मीले व्यापारीहरुको हकहितमा आफू तथा आफ्नो संस्था सधैं लागिरहने प्रतिबद्धता व्यक्त गरे ।  कार्यक्रममा निर्वतमान अध्यक्ष बलराम गौतम, कानुनी सल्लाहकार जगन्नाथ ढकाल, कपडा व्यवसायी समितिका अध्यक्ष यमनाथ तिमिल्सिना, फेन्सी तथा रेडिमेट व्यवसायी समितिका अध्यक्ष एवं पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य गिरीधारी अधिकारी, कस्मेटिक व्यवसायी संघका अध्यक्ष विष्णु बाँस्तोला लगायतले बोलेका थिए । संस्थाका महासचिव केशव बहादुर खत्रिले संचालन गरेको उक्त कार्यक्रममा संस्थामा उपाध्यक्ष शिव शर्मा पौडेलले अतिथी तथा कार्यक्रममा सहभागीलाई स्वागत गरेका थिए ।







Post a Comment

 
Top