0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिकाको आव ०७४÷०७५ को वडास्तरीय योजना तर्जुमा गोष्ठीमा वडा विकासका साथसाथै नगर विकासमा सुधार ल्याउने योजना छनौट गरी २०७३÷०७४ मा उत्कृष्ट टोल रक्षामार्ग टोल विकास संस्थालाई सम्मान गर्दै योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष सम्मर बहादुर श्रेष्ठले भावी योजना र योजना छनौटको जानकारी दिंदै केन्द्रीय योजनाहरु, जिल्लाका योजनाहरु, नगर र वडाका योजनाका साथ सडकबोर्ड, जगेडा कोषबाट गर्नुपर्ने योजना र सेती नदी किनारको मापदण्ड छुट्याई फुटपाथ निर्माण लगायतका योजना ल्याइएको भन्दै वडाबासीलाई विकास कार्यमा एकजुट हुन आग्रह गरे। वडा सचिव नवराज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आ.व.०७४÷०७५ मा पोखरा उपमहानगरपालिका कार्यालयबाट दिने योजनाका बारेमा नगरपालिकाका नासु योजना तर्जुमा गोष्ठीका संयोजक चन्द्रावती काप्mलेले बताए।   कार्यक्रममा वडा नं.१० मा करीब एक करोडको योजना आउने उनले जानकारी दिए। कार्यक्रममा नगरस्तरीय राजनीतिक संयन्त्रका सदस्य उर्मिला शिरिष मगर, सामाजिक विकास महाशाखाका शाखा प्रमुख ओमराज पौडेल, प्रशासन प्रमुख अनन्त कोइराला र वातावरण शाखा प्रमुख बसन्त चालिसेको उपस्थितिमा सम्पन्न कार्यक्रममा २०७३÷०७४ मा टोल विकास गराई सरसफाई लगायतका वातावरण संरक्षण गर्न सफल भूमिका निर्वाह गरेको रक्षा मार्ग टोल विकास संस्थालाई टोल विकास संस्था वडा समन्वय समिति १० ले सम्मानपत्रले सम्मान गरिएको थियो । योजना छनौट कार्यक्रममा नगरस्तरीय राजनीतिक संयन्त्रका सदस्य उर्मिला श्रीषमगर, राष्ट्रिय जनमोर्चा १० का अध्यक्ष जयराम आचार्य, नगर महिला समन्व समितिका अध्यक्ष पवित्रादेवी गुरुङ्ग वडा नागरिक मञ्चका संयोजक शान्ति सवेदी, पारालिगल वडा कमिटीका अध्यक्ष अनिता तिमिल्सिना, सम्मानित टोल विकास संस्थाका अध्यक्ष तेजबहादुर गुरुङ्ग लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।  कार्यक्रममा वडा महिला समन्वय समितिका अध्यक्ष निर्मला कार्की भण्डारीले स्वागत र कार्यक्रमको संचालन सामाजिक परिचालक सीता कँडेल कोइरालाले गरेका थिए ।

Post a Comment

 
Top