0
गोल्डेन न्यूज संवाददाता
लेखनाथस्थित शिशुकल्याण निमाविले विराट श्रीमद्भागवत् ज्ञान महायज्ञ तथा धनधान्याञ्चल महोत्सव–२०७३ गर्ने भएको छ । विद्यालयको स्तरोन्नति गर्दै भौतिक विकास एवं शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आगामी माघ २५ देखि फागुन २ सम्म भरतपोखरी स्थित खल्याण्ड, ठूलढुंगा गण्डकी वेशीस्थित स्कुल परिसरमा महायज्ञ हुने भएको हो । महायज्ञ सफल पार्न सम्पन्न भेलाले विद्यालयका व्यवस्थापन समिति अध्यक्ष श्रीभद्र बरालको संयोजकत्वमा पाँच सय एक मूल आयोजक समिति गठन गरेको छ । २०३४ सालमा स्थापित विद्यालयले माध्यमिक तह प्राविधिक विषयक संचालनार्थ हुने महायज्ञमा कथावाचन भागवत्भाष्कर पण्डित कमलनयन गौतमले गर्नेछन् । समुदायद्वारा समुदायकै लागि आजै केही गरौं भन्ने मूलमान्यताका साथ हुने महायज्ञका लागि करिब ४० वटा उप–समिति गठन गरिएको छ भने ५१ सदस्यीय सल्लाहकार समिति गठन गरिएको सरस्वती टीका बहुमुखी क्याम्पसका संस्थापक प्राचार्यसमेत रहेका विद्यालयका सल्लाहकार डिल्लीराम बरालले जानकारी दिए । यस्तै, शिवप्रसाद लामिछाने उपाध्यक्ष, डिल्लीराम बराल महासचिव, जगदीश सुवेदी र मंजिता पौडेल सचिव, शेरबहादुर गुरुङ कोषाध्यक्ष चयन भए । लेखा संयोजकमा श्यामप्रसाद गौतम र उपसंयोजक श्रीराम आचार्य, प्रचारमा मोति गिरी, आवासमा शान्ति भारती, युवा परिचालनमा प्रकाश श्रेष्ठ, महिला परिचालनमा रमा आचार्य, भान्छा व्यवस्थापनमा देवी पौडेल प्रमाणपत्र तथा अभिलेखतर्फ ढाकाराम आचार्य, मूल्यांकनमा मन्त्रीलाल पौडेल, स्वास्थ्यमा माधवप्रसाद चापागाई, सांस्कृतिक समूहमा टेकबहादुर थापा र रेशम गिरी, सरसफाइमा बाबुराम लामिछाने, अतिथि सत्कारमा केशव आचार्य, मञ्च व्यवस्थापनमा शंकरदेव आचार्य, स्वागतद्वारमा रमेश आचार्य चयन भए । यस्तै, प्रभातफेरी संयोजकमा ऋषिमाया लामिछाने, पत्राचारमा केशवराज पौडेल, खरिद समितिमा हरिप्रसाद पौडेल, जिन्सीतर्फ पार्वती भण्डारी, पञ्चेबाजामा हरिराज भण्डारी, पत्रकार सम्मेलनमा ऋषिराम पौडेल र उदय रायमाझी संयोजक रहे।  विद्यालय व्यवस्थापन समिति अध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षक पार्वती भण्डारी त्रिपाठीले र सञ्चालन प्रअ जगदीश सुवेदीले गरेका थिए । उक्त विद्यालय कास्कीका सामुदायिक विद्यालयमध्ये नमुना विद्यालय घोषित भैसकेको छ । सहारा एकेडेमीका बालकहरु पनि अध्ययन गर्ने उक्त विद्यालयमा हाल एक सय ८० विद्यार्थी छन् ।


Post a Comment

 
Top