0
गोल्डेन न्यूज संवाददाता
लाइन्स क्लब अफ पोखरा पिस सोसाइटीले विद्यार्थीलाई न्यानो कपडा, झोला, स्टेशनरी तथा खेलकुद सामाग्री प्रदान गरेको छ । गुल्मीको हंसरा–४ मा रहेको ग्राम विकास प्राथमिक विद्यालयमा अध्ययनरत ७१ विद्यार्थीलाई सहयोग प्रदान गरेको छ । उक्त स्कूलमा कमजोर आर्थिक अवस्था भएका तथा दलित र जनजाति विद्यार्थी अध्ययनरत छन् । ‘ग्रामिण भेगमा रहेको  विद्यालयका विद्यार्थीलाई प्रोत्साहन र केही राहत होस् भनेर सहयोग गरेका हौं,’ लायन्स क्लब अफ पोखरा पिस सोसाइटीका अध्यक्ष होम विलास सापकोटाले भने–‘पोखरादेखि विद्यालय प्रांगणमै पुगेर सामाग्री वितरण ग¥यौं।’ क्लबको कोषबाट करिब एक लाख बराबरको सामाग्री प्रदान गरिएको क्लबका द्वितीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रकाश ज्ञवालीले जानकारी दिए ।  स्कूलका ७१ जना विद्यार्थीलाई स्वीटर, झोला, प्रत्येक विद्यार्थीलाई ३÷३ थान कापी, फुटबल, भित्ते घडी लगायतका सामाग्री विद्यालयका प्रधानाध्यापक बाबुराम ज्ञवालीको रोहवरमा वितरण गरिएको क्लबका सचिव कुशराज तिमिल्सिनाले जानकारी दिए।कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायणप्रसाद ज्ञवालीले आफ्नै खर्चमा विद्यार्थीका लागि सहयोग गरेकोमा खुसी व्यक्त गर्दै यसले विद्यालय र विद्यार्थीलाई राहत तथा प्रोत्साहन मिलेको बताए । क्लबका पूर्व अध्यक्ष रुद्रबहादुर कार्कीले क्लबले स्थापना कालदेखि नै देशका विभिन्न ठाउँमा राहत तथा सहयोग प्रदान गर्दै आएको बताए । ४ वर्षअघि गठन भएको क्लबमा हाल ३३ जना युवा आवद्ध छन् ।




Post a Comment

 
Top