0
गोल्डेन न्यूज संवाददाता
पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलाको चौथो दिन आइतबार अन्तर्राष्ट्रिस्तर का कलाकारहरुले रेस्लिङ प्रस्तुत गरे । लगानीको सम्वद्र्धनः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने मूल नाराका साथ आयोजित मेलामा सहभागिता जनाउनेहरुलाई मनोरञ्जन प्रदान गर्न रेस्लिङ प्रतियोगिताको समावेश गरिएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले बताए । उनका अनुसार रेस्लिङ प्रतियोगिता सोमबार पनि समावेश गरिएको छ ।  यता, मेला अन्तर्गत आइतबार पोखरामा भएका विदेशी पर्यटकहरुलाई मेलास्थल अवलोकन गराइएको छ । सो क्रममा विदेशी पर्यटकहरुलाई नेपाली मौलिक संस्कृति झल्कने तायमचा ः,लाखे, कुमारी, झाँक्री नाच, तामाङ सेलो, कौरालगायत विभिन्न जनजातिको सँस्कृति झल्कने साँस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको संघका महासचिव दामु अधिकारीले जानकारी दिए। मेलामा पिसिसिआई गायन ताराको अलावा अन्य साँस्कृतिक कार्यक्रमहरु जारी रहेको उनले बताए । मेला अगाडि बढ्दै गर्दा मेला स्थलमा किनमेल गर्ने गृहिणीहरुको चाप बढ्दै गएको उनले दावी गरे । उनका अनुसार आइतबारसम्म मेलास्थलबाट करिब ३ करोड रुपैयाँको व्यवसायिक कारोवार भएको छ भने करिब ३७ हजार दर्शकले मेलाको अवलोकन गरेका छन्। मेला अगाडि बढ्दै गर्दा कारोवार र अवलोकनकर्ताको संख्या बढ्दै जाने उनको अपेक्षा छ । मेलामा विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगिताअन्तर्गत सोमबार कुमुदिनी होम्स, नवप्रभात मावि र सोसल पब्लिक स्कूलका विद्यार्थीहरुबीच प्रतिष्पर्धा हुनेछ । सो प्रतियोगिता अन्तर्गत आइतबार भएको प्रतियोगिताबाट सूर्योदय बोडिङ स्कूल, तारापुञ्ज बोर्डिङ स्कूल दोस्रो चरणमा प्रवेश गरेका छन् । मेला अन्तर्गत सोमबार हिमालय टाइगर (भरतबहादुर बिसुराल), अजिँगर, यति, स्क्रोपियन, दि वारियर, स्टोन पावर सहितका रेस्लरहरुको प्रस्तुति रहनेछ । यस्तै लोकदोहोरीतर्फ  पुरुषोत्तम न्यौपाने, शंकर बिरही गुरुङ, जीवन दाहाल, कृष्ण सुवेदी, राजेन्द्र सापकोटा, कृष्ण सुवेदी, राजेन्द्र सापकोटा, कुमार पुन, सीता केसी, मञ्जु विक, सीता थापा मगरको प्रस्तुति रहने संघका कोषाध्यक्ष तथा साँस्कृतिक उपसमिति संयोजक पवन प्रजापतिले बताए । यसैगरी पपगीततर्फ सहिमा श्रेष्ठसहितका कलाकारहरु, पिसिसिआई गायन ताराको नियमित प्रस्तुति, विद्यालयस्तरीय सामुहिक नृत्य प्रतियोगिता तथा  मोर्डन डान्स र हाँस्य प्रस्तुतिहरु पनि मेलाको आकषर्ण हुने पोउवासंघले जनाएको छ ।



Post a Comment

 
Top