0
गोल्डेन न्यूज संवाददाता 
नेपाल सरकारका पर्यटन तथा संस्कृतिमन्त्री जीवन बहादुर शाहीले  पोखरामा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल बन्नेमा ढुक्क हुन आग्रह गरेका छन्। मन्त्री शाहीले पोखरामा विमानस्थल नवन्ने त होईन भन्ने शंका उपशंका पालेर नबस्न समेत आग्रह गरे । उनले भने–‘विमानस्थाल कति राम्रो र कस्तो बनाउने हो ? भन्ने तर्फ चिन्तित हुनोस् तर विमान स्थलनै बन्दैन भन्ने तर्फ नसोची तपाईहरु ढुक्क हुनोस् विमानस्थल बन्छ–बन्छ । विमानस्थलका लागि कागजी कामहरु भईरहेको र अन्तिम डिपिआर भई टेण्डर प्रक्रियामा समेत पुगेको निर्माण कार्य पनि  सुरु भईसकेको भन्दै उनले अबको चार वर्ष भित्र निर्माण कार्य पुरा भई पोखरेली जनताले बर्ष देखि देखेको विमानस्थलको सपना पुरा हुने बताए। अर्को एक कार्यक्रममा मन्त्री शाहीले विकासका लागि जनताको सहयोग चाहिने बताएका छन् । कास्कीको रुपकोटमा शान्तिरुपा बराहथोक तमु समाजले कोटभौरबमा निर्माण गरेको पिकनिक स्थलको बुधवार उद्घाटन गर्दै मन्त्री शाहीले सरकार एक्लैले विकास गर्ने होेईन त्यसमा जनताको सहकार्य भएमा जुनसुकै विकास निर्माणका कामहरु पनि प्रभावकारी तरिकाले अगाडि बढ्ने स्पष्ट पारे ।  मन्त्री शाहीले पर्यटन विकासका पूर्वाधारहरु निर्माण गर्न सके डलर कमाउन विदेश जाने नेपालीको घर आँगनमा नै विदेशीहरु डलर दिन आउने ठोकुवा गरे । सरकार विकास निर्माणको अभियानमा छ तर त्यसमा जनस्तरबाट सहयोग चाहिने स्पष्ट पार्दै  उनले राजनीतिका लागि विकास होईन विकासका लागि राजनीति गर्न समेत आग्रह गरे । नेपालको विकास पर्यटन क्षेत्र महत्वपूर्ण रहेको भन्दै उनले प्राकृतिक संरचनाहरुलाई नविगारी पर्यटक आउने वातावरण सृजना गर्न सक्नुपर्ने बताए । उनले भने–‘यी सबै वातावरण सृजना गर्ने हो भने हामीले थामी नसक्ने पर्यटनहरु नेपाल आउँछन्, जसका लागि विकासका पूर्वाधारहरु चाहिन्छन्, तपाईहरु योजना बनाउनुहोस सरकारको तर्फबाट सक्दो सहयोग आउँछ ।शान्तिरुपा बराहथोक तमु समाजका अध्यक्ष सुवेदार तुलवहादुर गुरुङको अध्यक्षतामा भएको  कार्यक्रममा सांसद यज्ञवहादुर थापा, पर्यटन बोडका कार्यकारी निर्देशक दिपक जोशी, पोखरा उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष विन्दुकुमार थापा, पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्र्रकाशमोहन खनाल, कास्की काग्रेसका सभापति कृष्ण केसी, रुपाकोट रिसोर्टका संचालन पुष्प अधिकारी, नेपाल महिला संघ कास्की सभापति कोपिला रानाभाट, नेकपा एमाले रुपाकोट गाउँ ईकाइ सभापति रामचन्द्र सापकोटा, समाजका सल्लाहकार चन्द्रवहादुर गुरुङ र कोषाध्यक्ष बुद्धिबहादुर गुरुङ लगायतले पिकनिक स्थलमा पानी र सुविधायुक्त बाटोको आवश्यकता रहेको बताएका थिए । पोखराबाट करिब १५ किलोमिटरको दुरीमा रहेको रमणीय कोटभैरव मन्दिर परिसरमा मनोरम हिमश्रृङ्खला, पोखरा र लेखनाथको दृश्यावलोन साथै बेगनास र रुपाताललाई सजिलैसगँ देख्न सकिने स्थानमा पिकनिक स्थल निर्माण गरिएको छ । आन्तरीक एवं वाह्य पर्यटनलाई लक्षित गरि पहिलो चरणमा मन्दिर पुनःनिर्माण गरि दुई स्थानमा पिकनिक स्थलका लागि ट्रस घर र ब्यवस्थित पार्क निर्माण गरिएको छ ।


Post a Comment

 
Top