0
गोल्डेन न्यूज संवाददाता
पूर्वाञ्चलमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुदका प्रतियोगिताका लागिका पश्चिमाञ्चलस्तरीबाट ह्याडबल पुरुष र भारोत्तोलनका खेलाडी छनोट भएका छन् । ह्याण्डबलमा कास्कीका खेलाडीले बर्चश्व जमाएका छन् । छनोट भएका १४ खेलाडीमा ९ जना कास्कीबाट परेका छन् । छनोट प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलबाट विशाल बस्नेत (कास्की), विमल अधिकारी (कास्की), सन्दिप खड्का (कास्की), दिनेश श्रेष्ठ (कास्की), प्रेम गुरुङ (कास्की), सरन थापा (कास्की), चन्द्र केसी (कास्की), भासु गुरुङ(कास्की), सुरज देवकोटा
(कास्की), प्रतिक भुजेल (रुपन्देही), प्रतिक थापा (रुपन्देही), प्रचन काला (बाग्लुङ), कल्याण भण्डारी
(बाग्लुङ), डम्वरबहादुर महतो
(नवलपरासी) रहेका छन् भने बैकप्पिकमा गणेश कार्की (बाग्लुङ) र तारा केसी (कास्की) रहेका छन् ।
यस्तै छनोट प्रतियोगिता अन्तर्गत पश्चिमाञ्चलबाट भारत्तोलनमा कास्कीका भोजबहादुर वि.क ६६ केजी तौल समूहमा छनोट भएका छन् भने ६२ केजी तौल समूहमा धनबहादुर झाक्री मगर र ५६ केजी तौल समूहमा पुष्कल थापा छनोट भएको पश्चिमाञ्चल क्षेत्रीय छनोट प्रतियोगिता सचिवालय कृष्ण तिमिल्सेनाले जानकारी दिए ।
छनोट प्रतियोगिता अन्तर्गत बक्सिङको बुधबार विभिन्न तौल समूहको सेमिफाइनल खेल सम्पन्न भएका छन् । बिहीबार र शुक्रबार बक्सिङको फाइनल खेल सम्पन्न हुने पश्चिमाञ्चल प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानिले जानकारी दिए। बिहीबार ६९ केजी तौल समूहमा रामचन्द्र ढकाल (कास्की) र सागर शाही (रुपन्देही) वीच फाइनल प्रतिस्पर्धा हुने छ । ७५ केजी तौल समूहमा दाशबहादुर जिजाली (गुम्मी) र नरेश थापा
(रुपन्देही वीच फाइनल प्रतिस्पर्धा हुने भने ८१ केजी तौल समूहमा नरेन्द्र गुरुङ (नवलपरासी) र चिन्तन नेपाली(कास्की) वीच प्रतिस्पर्धा हुने छ । त्यस्तै ९१ केजी तौल समूहमा विजय आलेमगर(कास्की) र दिपक परियार बाग्लुङ वीच हुने छ । मध्य पश्चिमाञ्चल अन्तर्गत बक्सिङ छनोट अन्तर्गत ४९ केजी तौल समूहमा सागर थापा (बाँके) र चन्द्रबहादुर थापा (दाङ) वीच फांइलन हुनेछ । ५२ केजी तौल समूहमा (उदय घर्तीमगर(रोप्पा) र प्रेम चौधरी(दाङ)वीच हुने छ । ५६ केजी तौल समूहमा रामप्रसाद पुनमगर (रोल्पा) र चन्द्रज्योती थापा(दाङी वीच हुने छ । ६० केजाी तौल समूहमा विजय पुनमगर
(रोप्पा) र सुरेन्द्र बुढामगर (दाङ)वीच हुनेछ । त्यस्तै मध्यपश्चिमाञ्चल क्षेत्रिय छनोट अन्तर्गत ६४ केजी तौल समूहमा विपिन रोक्कामगर
(रोप्पा) र यमराज चौलागाइ
(बाँके) वी हुने छ । ६९ केजी तौल समूह अन्तर्गत अर्जुन बुढामगर
(जाजरकोट) र एस कुवँ (दाङ) वीच हुनेछ । ७५ केजी तौल समूहमा सिलमन घर्ती(रोल्पा) र नरेन्द्र आर.सी (जाजरकोट) वीच हुने छ।
छनोट प्रतियोगिता अन्तर्गत ५ हजार मिटर दौड पुरुषमा प्रकाश कुँवर (पर्वत) ले स्वर्णपदक जिते । उनले १६ मिनेट ५० सेकेण्डमा दुरी पुरा गरे । आर्यन सिग्देल
(गोर्खा) ले १७ मिनेट १७ सेकेण्डमा दुरी पार गर्दै रजत जित्दा १७ मिनेट ४४ सेकेण्डमा दुरी पुरा गर्दै प्रताप भुसाल (पर्वत) ले कास्य पदक जिते । ५ हजार मिटर महिला दौडमा दोलमया महतो
(नवलपरासी) ले स्वर्ण, सिता सेन
(गुल्मी) ले रजत र बबिता चौहानले कास्य पदक जितिन् ।
त्यस्तै १ सय मिटर पुरुष दौडमा जयसदामराम चौधरी (कपिलवस्तु) ले स्वर्ण जिते भने विकासकुमार शाह (कास्की)ले रजत र युवराज थापा (तनहुँ) ले कास्य पदक जिते । १ सय मिटर महिला दौडमा विपना परियार
(नवलपरासी) ले स्वर्ण जितिन भने रिमा कार्की (म्याग्दी) ले रजत र अनिषा भण्डारी (कास्की)ले कास्यपदक जितिन्। छनोट अन्तर्गत एक सय गुणा चार रिले पुरुषमा कपिलवस्तुले स्वर्णपदक जित्यो भने कास्कीले रजत र नवलपरासीले कास्यपदक प्राप्त गर्न सफल भयो । ४ सय मिटर पुरुष दौडमा सन्दिप चौधरी (कपिलबस्तु) ले स्वर्ण, युवराज थापा
(तनहुँ) ले रजत र टिकराज गुरुङ
(स्याङ्जा) ले कास्य पदक जिते ।
यस्तै ट्रिपलजम्प पुरुष तर्फ जोयेन्द्र गुरुङ (लम्जुङ)ले स्वर्ण, जयसराम चौधरी (कपिलवस्तु) ले रजत र प्रकाश राना मगर
(नवलपरासी) ले कास्य पदक जिते । ट्रिपलजम्प महिलामा विपना परियार (नवलपरासी)ले स्वर्ण, प्रतिमा थापा (लमजुङ)ले रजत र ज्योती श्रेष्ठ (तनहुँ)ले कास्य पदक जितिन् । त्यस्तै डिसकस थ्रो पुरुष तर्फ केशब कुमाल (गुल्मी)ले स्वर्ण, भद्रबहादुर खत्री थापा (तनहुँ) रजत र विनोद थनेत (नपलपरासी)ले कास्य पदक प्राप्त गरे । डिसकस थ्रो महिला तर्फ मनिष आले (कास्की)ले स्वर्ण, सोनु नेपाली (कास्की)ले कास्य र लक्ष्मीदेवी थारु (नवलपरासी)ले कास्यपदक जितिन् । यसैगरी छनोट अन्तर्गत ज्याभलिन थ्रो महिलामा मनिषा आले(कास्की)ले स्वर्ण जित्दा कास्कीकै सोनु नेपालीले रजत पदक जितिन । लक्ष्मी देवी थारु(नवलपरासी)ले कास्य पदकमा चित्त बुझाइन् ।यता फुटबल खेलमा कास्की विजयी भएको छ। पोखरा रगंशालाको फुटबल मैदानमा भएको खेलम कास्कीले कपिलवस्तुलाई ५–० को फराकिलो जित निकाल्यो । मंसिर ३० गतेसम्म संचालन हुने प्रतियोगितामा १६ जिल्लाका २४ सय ८४ खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गरेका छन । प्रतियोगितामा छात्र १ हजार ६०८ र छात्रा ८ सय ७६ र अफिसियल ४५३ जना गरि २९ सय ४२ जनाको सहभागीता रहने छ ।


Post a Comment

 
Top